महानगर सुधारका लागि तीस बुँदे कार्ययोजना सार्वजनिक; महानगरको विकास दु्तमा ‘ब्याकुल माइला’

Kathmandu Metropolitionकाठमाडौँ, १८ चैत । काठमाडौँ महानगरपालिकाले तत्काल सुधार गर्नेगरी ३० बुँदे कार्ययोजना सार्वजनिक गरेको छ ।

काठमार्डाैँ महानगरपालिकाले यहाँ आज आयोजना गरेको कार्यक्रममा महानगरका प्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले तत्काल गर्न सकिने ३० कार्ययोजना सार्वजनिक गर्नुभएको हो ।

कार्ययोजनामा दिगो फोहरमैला व्यवस्थापन, नक्सा पास र घर निर्माण इजाजतलाई व्यवस्थित गर्ने, नदी किनारा र अन्य सम्भावित स्थानमा ठूला रुख रोप्ने, तीनकुने क्षेत्रको सुधार र व्यवस्थापन, कर अभियान सञ्चालन, मार्स प्रणाली कार्यान्वयनमा ल्याउने, उज्यालो काठमाडौँ कार्यक्रम ल्याउनेजस्ता रहेको छ ।

त्यसैगरी मूल सडकसँग जोडिएको शाखा सडकको पहिलो खण्ड कालोपत्र गर्ने, बालाजु पार्कको स्तरोउन्नति, पुरातात्विक तथा प्राचीन स्मारक तथा सम्पदाको पुनःनिर्माणजस्ता कार्ययोजना सार्वजनिक गरिएको छ ।

महानगरपालिकाले सडकमा धुलो जम्ने र त्यसले धेरै प्रदूषण हुने समस्या समाधानका लागि छ महिनाभित्र १० वटा धुलो बढार्ने ब्रुमर मेसिन पनि ल्याइने प्रमुख पौडेलले जानकारी दिनुभयो ।

महानगरको विकास दु्तमा ‘ब्याकुल माइला’

काठमाडौँ महानगरपालिकाले राष्ट्रियगानका सर्जक ‘प्रदीपकुमार राई’ ब्याकुल माइलालाई विकास दूतका रुपमा नियुक्त गर्ने निर्णय गरेको छ ।

अबको एक हप्तामा माइलालाई विकास दूतमा नियुक्त गरिसक्ने कामपाका प्रमुख ईश्वरराज पौडेलले बताउनुभयो ।

यसमार्फत विकास दूत माइलाले महानगरको विकासका लागि प्रवद्र्धनात्मक र चेतनामूलक काम गर्नुहुने विश्वास कामपाले लिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter