विदेशी दम्पतीले स्वास्थ्य चौकी र विद्यालय बनाइदिए

Health Postगोरखा, २४ चैत । ‘धन हुनेसँग मन हुँदैन, मन हुनेसँग धन’ समाजमा प्रायः यस्ता भनाइ सुन्ने गरिन्छ । तर, स्विट्जरल्यान्डका एक दम्पतीले मन र धन दुवै प्रयोग गरी उत्तरी गोरखा, धार्चे गाउँपालिका लापु गाउँमा स्वास्थ्य चौकी र विद्यालय भवन पुनःनिर्माण गरिदिएका छन् ।

भूकम्पले भत्काएको स्वास्थ्य चौकी र विद्यालय पुनःनिर्माणमा स्विट्जरल्यान्डका नागरिक डा थेरी र भोरोनिक लङ्गेन्बेगर दम्पतीले रु ५७ लाख लगानी गरेका हुन् । स्वास्थ्य चौकीमा रु ३५ लाख र कालरात्रि माध्यमिक विद्यालयको भवन पुनःनिर्माणमा रु २२ लाख लगानी भएको छ ।

आफूहरु धनी भएर सहयोग गरेको नभई मेला, उत्सवहरुमा पश्मिना बेचेर कमाएको पैसाले स्वास्थ्य चौकी र विद्यालय पुनःनिर्माण गरेको डा थेरीले बताउनुभयो । थेरीका अनुसार केही वर्ष पहिले लापुमा निर्माण गरिएको स्वास्थ्य चौकी गोरखा भूकम्पले क्षति पु¥याएको थियो ।

स्वास्थ्य चौकी बनेपछि दुर्गमका बासिन्दा घरदैलोमै स्वास्थ्य सेवा पाइने भएपछि खुसी छन् । यस्तै विद्यालय भवन बनेपछि टहरोमा बसेर पठनपाठन गर्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

विदेशीलाई गाउँसम्म पु¥याएर समन्वयको भूमिका निर्वाह गरेका लापु गाउँका स्थानीयवासी गणेश गुरुङका अनुसार डा थेरी नेतृत्वको टोली पाँच वर्ष पहिले पदयात्राका क्रममाः लापु गाउँ आइपुगेका थिए ।

त्यसबेला झाडापखालाले थला परेकी माहिली गुरुङले समयमै उपचार नपाएर मृत्युवरण गर्नुपरेको घटना देखेपछि डा थेरीको समूहले लापु गाउँमा स्वास्थ्य चौकी भवन निर्माण गरी सञ्चालनमा सहयोग गर्दै आएको थियो ।

सो स्वास्थ्य चौकी भूकम्पका बेला भत्केपछि डा थेरी दम्पतीले सोही ठाउँमा नयाँ स्वास्थ्य चौकी भवन पुनःनिर्माण गरिदिएका हुन् ।
माहिलीका भाइसमेत रहेका गुरुङले भन्नुभयो – “नेपालको दुर्गम गाउँमा स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्ने सोचले डा थेरीहरुले स्विट्जरल्यान्डमा माहिली एसोसिएसन स्थापना गरेछन् । सोही संस्थाले गोरखा भूकम्पका घाइतेको उपचारमा समेत सहयोग ग¥यो ।”

एसोसिएसनले लापु गाउँमा स्वच्छ खानेपानी, घरघरै शौचालय निर्माणमा समेत सहयोग गर्दै आएको छ । यस्तै डा थेरी दम्पतीले स्वास्थ्य चौकीमा इन्टरनेट उपकरणसहितको एक थान ल्यापटप र विद्यालयमा पाँच थान ल्यापटप सहयोग गरेका छन् ।

लापु गाउँमा सडक सुविधा पुगेको छैन । निजी घर तथा सार्वजनिक महत्वका भवन पुनःनिर्माण गर्न निर्माण सामग्री ढुवानीमा खच्चडकै भर पर्नुपर्ने बाध्यता छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter