आप्रवासी नेपाली घरेलु कामदारको सम्मेलन सुरु

Department of Foreign Employmentकाठमाडौँ, २४ चैत । पौरखी नेपालको आयोजनामा ‘आप्रवासी नेपाली घरेलु कामदार’को राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ ।

दुईदिनसम्म चल्ने सम्मेलनको श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले आज यहाँ उद्घाटन गर्नुभयो ।

सम्मेलनले वैदेशिक रोजगारीमा जाने घरेलु कामदार वर्तमान अवस्था र आगामी दिनमा गर्नुपर्ने कामका सम्बन्धमा विस्तृत छलफल गरी प्राप्त सुझाव र निष्कर्ष सरकारलाई बुझाउने आयोजकले बताएका छन् ।

मन्त्री गुरुङले घरेलु कामदारका रुपमा जानेहरुले आत्मसम्मानपूर्वक काम गर्न पाउने अवस्थामा मात्रै उनीहरुलाई वैदेशिक रोजगारीमा पठाउनुपर्ने बताउनुभयो ।

अहिलेको अवस्थामा घरेलु कामदारका रुपमा पठाउँदा विभिन्न समस्या आएको स्वीकार गर्दै त्यसलाई व्यवस्थित गर्न मन्त्रालय लागिरहेको उहाँको भनाइ छ ।

सांसद विनोद श्रेष्ठले इथोपियाजस्तो गरिब मुलुकले समेत खाडीमा घरेलु कामदारको सुरक्षा नभएको भन्दै पठाउन रोक लगाएको अवस्थामा नेपालले पठाउनैपर्छ भन्ने नरहेको टिप्पणी गर्नुभयो । उहाँले सम्बन्धित मुलुकसँग श्रम सम्झौता गरेरमात्रै घरेलु कामदार पठाउनुपर्ने सुझाव दिनुभयो ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले भाषाको समस्या, तालिमको अभावजस्ता कुराले घरेलु कामदारले विदेशमा दुःख पाइरहेको भन्दै त्यसलाई सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।

साउदी अरबका लागि नेपालका पूर्व राजदूत उदयराज पाण्डेले नेपालले घरेलु कामदार खोले साउदीले मात्रै १० लाख कामदार लैजान तयार रहेको भन्दै त्यसअघि उनीहरुको सुरक्षाको सुनिश्चितता खोजिनुपर्ने भनाइ राख्नुभयो ।

घरेलु कामदार सरोकार समाजका महासचिव डिबी तामाङले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले घरेलु कामदारलाई वैदेशिक रोजगारीमा पठाउन रोक्न दिएको निर्देशनले अवैध रुपमा हुने महिला तस्करी बढाउने जिकिर गर्नुभयो ।

आयोजक पौरखी नेपालका अध्यक्ष मञ्जु गुरुङले वैदेशिक रोजगारीमा जाने महिला कामदारमध्ये ९० प्रतिशत घरेलु कामदारको रुपमा जाने गरेको भन्दै उनीहरुको सुरक्षित आप्रवासको उपायका सम्बन्धमा सम्मेलनमा छलफल गरिने बताउनुभयो ।

सम्मेलनमा विभिन्न देशबाट वैदेशिक रोजगारीबाट फर्किएका र यो क्षेत्रमा संलग्न करिब तीन दर्जन प्रतिनिधि सहभागी रहेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter