आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रधानमन्त्रीको विश्वास

Prachandaकाठमाडौँ, ५ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि तथा वन विज्ञान विश्वविद्यालयले गुणात्मक तथा प्रभावकारी शिक्षा प्रदान गरी आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

विश्वविद्यालय सभाको विशेष बैठकको अध्यक्षता गर्दै कुलपति एवम् प्रधानमन्त्री प्रचण्डले मुलुकको आर्थिक विकासका लागि कृषि तथा वन क्षेत्रको महत्वलाई उजागर गर्नुपर्ने जोड दिनुभयो ।

उहाँले कृषि तथा वन क्षेत्रमा स्थापना हुने आङ्गिक क्याम्पसको स्थापना भएपश्चात् यस क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धान तथा प्रसारमा नेपाली नागरिकको पहुँच पुगी शैक्षिक क्षेत्रको पहुँच विस्तार हुने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीचको विवादलाई छिट्टै अन्त्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

बैठकमा विश्वविद्यालयका सहकुलपति शिक्षामन्त्री धनीराम पौडेलले मुलुकका सात प्रदेशमा एक÷एकवटा कृषि क्याम्पस स्थापना गर्न कार्यअगाडि बढाइएको जानकारी दिनुभयो । उहाँले क्याम्पस स्थापनाका लागि नागरिक समाज र जनतासँग मिलेर जग्गा प्राप्तिको कार्यलाई आगडि बढाइएको बताउनुभयो ।

विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढाकालले कृषि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक क्षेत्रलाई माथि उठाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

बैठकले कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन, २०६७ अन्तर्गत सिन्धुली जिल्लाको कपिलाकोट, महोत्तरीको बर्दिवास, धनकुटाको पाख्रिवास, गोरखाको च्याङ्ली, स्याङ्जाको चापाकोट, उदयपुरको कटारी र रोल्पाको माडिचौरमा कृषि विषयको अध्ययन, अध्यापन, अनुसन्धान तथा प्रसार गर्न कृषि विषयमा आङ्गिक कलेज स्थापना गर्ने निर्णय गरेको छ ।

त्यसैगरी कालीकोटको पदमघाट र गोरखाको घ्यालचोक कृषि विज्ञान केन्द्रसमेत स्थापना गरी गर्ने निर्णयसमेत गरेको छ । बैठकले विश्वविद्यालयको शिक्षक, कर्मचारी सेवा नियमावली, २०६९ मा पाँचौँ संशोधन र आर्थिक प्रशासन नियमावली, २०६९ मा तेस्रो संशोधनसमेत गर्ने निर्णय गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter