छुट भूकम्पपीडितको पुनःसर्वेक्षण गरिने

Nepal Reconstruction Authorityनुवाकोट, ५ वैशाख । विनाशकारी भूकम्पका कारण आवास गुमाएर नयाँ आवास निर्माणका लागि राज्यले दिने अनुदानको लाभग्राही सूचीमा नाम छुट भएका नुवाकोटका सबै प्रभावितको घर पुनः सर्वेक्षण गरिने भएको छ ।

केन्द्रीय तथ्याङ्क विभागबाट तथ्याङ्क सङ्कलन गरी सार्वजनिक गरेको लाभग्राही सूचीमा समावेश नभएका तथा लगत सङ्कलनमा पहिलो चरणबाट नै छुट भएका सबैको घर पुनःसर्वेक्षण गर्न लागिएको पुनःनिर्माण प्राधिरकणले जनाएको छ ।

भूकम्पका कारण आवास गुमाएकालाई पुनः नयाँ आवास निर्माण गर्न राज्यले उपलब्ध गराउने रु तीन लाख अनुदान सूचीमा नपरेका पीडितलाई सम्बोधनका लागि छुट भएका सबै पीडितको स्थलगत तथ्याङ्क सङ्कलन गर्न लागिएको प्राधिकरण जिल्ला समन्वय समितिका निमित्त प्रमुख बेदप्रसाद गडौलले जानकारी दिनुभयो ।
“भूकम्पबाट क्षति पुगेका घर तथा निजी आवास पुनःनिर्माण गर्न अनुदान लाभग्राही सूचीमा समावेश हुनबाँकी रहेका पीडितलाई समावेश गर्ने उद्देश्यले पुनःसर्वेक्षण गर्न लागिरहेका छाँै ।”निमित्त प्रमुख गडौलले भनुभयो “आवास पुनःनिर्माणको लागि स्थानीयतहमा परिचालन भएका इन्जिनियरलाई लगत सङ्कलनको लागि परिचालन गर्न लागिएको हो ।”

भूकम्प प्रभावितको आवास निर्माणमा प्राविधिक सहयोग पु¥याउन बस्तीमा परिचालन भएका इन्जिनियरलाई एक साताको तालिम दिएर लगत सङ्कलनको लागि खटाउने तयारी प्राधिकरणले गरेको छ । केन्द्रीय तथ्याङ्क विभागले लगत सङ्कलन गरी सार्वजनिक गरेको सूचीमा आफूहरु वास्तविक भूकम्पपीडित भन्दै नुवाकोटका– ११ हजार एक सय ८९ घरपरिवारले गुनासो दर्ता गराएका थिए ।

नुवाकोटमा २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले आवास क्षति भएको ६५,७५९ घरपरिवार यसअघि लाभग्राही अनुदानको लागि योग्य ठहरिएका थिए । छुट गुनासो दर्ता भएर पनि लाभग्राहीको लागि योग्य सूचीमा नपरेका वास्तविक पीडित भएर पनि छुट भएको हुनसक्ने एवम् गुनासो फाराम दर्ता गराउन बाँकी रहेका सबैको पुनःइन्जिनियर मार्फत लगत सङ्कलन गरी योग्यलाई अनुदान उपलब्ध गराउन सिफारिस गर्ने पुनःनिर्माण प्राधिकरणको जिल्ला सचिवालयले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter