• Friday, April 11, 2025

यातायातका पाँच कर्मचारी निलम्बित

transport-departmentकाठमाडौँ, वैशाख ६ गते । यातायात व्यवस्था विभागले राजस्व दाखिलामा व्यापक अनियमितता गरेको भन्दै पाँचजना कर्मचारीलाई निलम्बन गरेको छ ।

यातायात व्यवस्था कार्यालय कोसीका कार्यालय प्रमुख नयराज नेपाल, लेखा अधिकृत टीकाराम अधिकारी, लेखापालद्वय सुरेश अधिकारी र रुद्रप्रसाद दाहाल एवम् नायब सुब्बा टीकाप्रसाद बाँस्तोलालाई निलम्बन गरेको विभागका प्रवक्ता डा टोकराज पाण्डेले जानकारी दिनुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङले निजामती सेवा ऐनअनुसार आज सचिवस्तरीय निर्णय गरी राजस्व दाखिलामा अनियमितता गरेको प्रारम्भिक अनुसन्धानबाट प्रमाणित भएकाले निलम्बन गर्नुभएको विभागले जनाएको छ ।

यससम्बन्धी थप अनुसन्धानका लागि आजै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाइएको पनि उहाँले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter