• Monday, April 21, 2025

सरकार र मोर्चाबीचको बैठक सकियो : निर्वाचन दुई चरणमा गर्ने सहमति

Morcha and govt. meetingकाठमाडौँ, वैशाख ९ गते । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो तीन बजेदेखि बसेको सरकार र मधेसी मोर्चाको बैठक सकिएको छ । बैठकले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति गरेको छ ।

पहिलो चरणको चुनाव वैशाख ३१ गते र दोस्रो चरणको चुनाव जेठमा गर्ने सहमति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले बताए । निर्वाचनको मिति भने आयोगसाँग परामर्श गरेर सरकारले तय गर्ने सहमति भएको उनले बताए ।

वैठकमामा संशोधन विधेयक परिमार्जन गर्ने सहमति समेत भएकोछ । तर, प्रक्रियामा सहमति जुट्न बाँकी छ । सहमतिअनुसार भोलि नै सरकारले संविधान संशोधन विधेयक परिमार्जनसहित पास गर्न गृहकार्य सुरु गर्नेछ ।

सरकार र मोर्चाबीच भएको सहमतिसँगै मोर्चाले घोषणा गरेको आन्दोलनको सबै कार्यक्रम स्थगित गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter