किसान प्राङ्गारिक खेतीतिर आकर्षित

Vegetable 2बर्दिवास, वैशाख १० गते । महोत्तरी जिल्लाको उत्तरवर्ती क्षेत्रका किसान प्राङ्गारिक खेतीतिर आकर्षित भएका छन् । सघन तरकारी खेती गरिने जिल्लाको उत्तरवर्ती क्षेत्रका बर्दिवास र गौशाला नगरपालिका तथा भङ्गाहा, मटिहानी र पिपरा गाउँपालिका बस्तीका किसान विषादी र रासायनिक मलको प्रयोगबिना नै गरिने प्राङ्गारिक खेतीतर्फ आकर्षित भएका हुन् ।
तरकारी, तेलहन, दलहन र उखुलगायतका नगदेबालीका लागि परम्परागत शैलीमै खनजोत र प्राङ्गारिक मलको प्रयोगबाट नै प्रशस्त उत्पादन हुन थालेको यस क्षेत्रका किसानको भनाइ छ ।

खासगरी हरियो सागसब्जी र अन्य तरकारी बालीमा विषादीको प्रयोगले जनस्वास्थ्यमै प्रतिकूल असर पारेकाले त्यसको प्रयोग छाडिएको भङ्गाहा– ४ रामनगरका किसान नारायण दाहाल बताउनुहुन्छ । प्राङ्गारिक मल बनाउन आफ्नै ओरपरका झारपतिङर, त्यतिकै मिल्किएका फोहोर, मल बनाउन नै खेती गरिने ढैंचा नामक वनस्पति र घरपालुवा गाईबस्तुको गोबर तथा बाख्राको मल खेतीका लागि सर्वसुलभ र प्रभावकारी हुने दाहालको भनाइ छ ।

यस्तो मलले माटोलाई उर्वर बनाइ राख्ने र वर्षैपिच्छे मलको मात्रा केही घटाउँदै लान सकिने भएकाले खर्च घट्दै जाने र उत्पादन बढ्दै जाने हुनाले निक्कै प्रभावकारी बनेको सो बस्तीकै अर्का किसान चन्देश्वर राय दनुवार बताउनुहुन्छ । बालीलाई मल चाहिने उपयुक्त बेलामा रासायनिक मल हाहाकार हुने र तिनको गुणस्तरकोसमेत एकिन नहुँदा उत्पादनमा प्रतिकूल असर पर्नेसँगै परनिर्भरता बढाएकाले आफू प्राङ्गारिक खेतीतिर लागेको यस भेगका किसानको भनाइ छ ।

तरकारी, फलपूmल र अन्यबालीमा लाग्ने रोग र कीरा नियन्त्रणका लागि गाईको गहुँत तथा खरानी पानी छर्कने विधि अपनाउन थालिएको र यो विधि निक्कै सफल भएको बर्दिवास नगरपालिकामा हालै गाभिएको पशुपतिनगरका किसान रामचन्द्र महतो चर्चा गर्नुहुन्छ । खासगरी तरकारी र फलपूmलमा कडा विषादीको प्रयोग बढ्नाले आम उपभोक्तामा विभिन्न खालका समस्या देखिएको र प्राङ्गारिक मल प्रयोग भएको तरकारी स्वादिलो हुनाले यसतर्फ उपभोक्ताको रोजाइ बढेको सम्बद्ध किसान बताउँछन् ।

प्राङ्गारिक खेती सुरु गरिएको पहिलो वर्ष २०७० सालमा उत्पादन अली कम भए पनि त्यसयता क्रमशः उत्पादन बढ्दै गएपछि अब खासै समस्या नभएको उनीहरुको भनाइ छ । पछिल्ला वर्षमा प्राङ्गारिक खेतीबाटै बाली उत्पादन भएको क्षेत्रबारे आम चासो र सरोकार बढेपछि उपभोक्ताले बजार पु¥याउनासाथ आफ्ना तरकारी तत्काल किन्ने गरेका हालै गौशाला बटुवा बस्तीका परबल उत्पादक किसान सूर्यनारायण महतो बताउनुहुन्छ ।

उपभोक्ता समेत प्राङ्गारिक मलबाट उत्पादित खाद्यबस्तु ठम्याउन सिपालु देखिएका छन् । यसबाट उत्पादित बाली स्वभाविक आकार र रङका हुने भएकाले ठम्याएर किन्न गा¥हो नहुने बर्दिवास– १ की गृहिणी प्रतिमा कोइराला बताउनुहुन्छ । पछिल्ला केही वर्षयता प्राङ्गारिक खेतीका उत्पादन बजार पुग्नासाथ तत्काल खपत भइहाल्ने भएपछि त्यस्ता किसान उपभोक्ताको रोजाइमा पर्ने गरेका देखिने गरेको छ । पछिल्ला दिनमा प्राङ्गारिक खेतीतिर किसानको बढ्दो आकर्षणलाई राज्यले भरथेग गरे यहाँको उत्पादनको गुणस्तर वृद्घि र परिचय बढाउन सहयोग पुग्ने जिल्लाका सामाजिक सङ्घसंस्था, व्यापारिक प्रतिष्ठान र स्वास्थ्य क्षेत्रमा कार्यरत विज्ञहरुको भनाइ छ ।

बर्दिवासमा प्राङ्गारिक मलको कारोबार गर्दैआएका बर्दिवास नगरपालिकाका किसान चन्द्रलाल क्याप्छाकीका अनुसार पछिल्ला दुई वर्षयता आम किसान प्राङ्गारिक खेतीतिर सघन रुपमा लागेपछि जिल्लाको उत्तरी क्षेत्रमा प्राङ्गारिक मलको माग ह्वात्तै बढेको छ । अवकासप्राप्त जेटी मुरारी ढुङ्गाना प्राङ्गारिक मलको प्रयोगको परिणाम बर्सेनि घटाउँदै लानुपर्ने भएकाले पहिलो पटक मल किन्दा केही महँगो परे पनि विस्तारै अगिल्ला वर्षमा यो खेती कम लागतमा गर्न सकिने उल्लेख गर्नुहुन्छ । प्राङ्गारिक खेती किसानका लागि सजिलो र कम लागतको हुने र उपभोक्ताका लागि स्वस्थ्यकर हुने विस्तारै आम किसान र उपभोक्ताले बुझ्दै गएपछि यस्तो खेती बढेको ढुङ्गानाको भनाइ छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter