मुसहर बालबालिका विद्यालय जाँदैनन्

schoolपथरी (मोरङ), वैशाख १२ गते । घरकै छेउमा विद्यालय छ । तर, मोरङको बाहुनी–बनौलमा बसोबास गर्ने मुसहर समुदायका बालबालिका विद्यालय जाँदैनन् । गाउँको विद्यालयमा नाम लेखाएका पनि हजुरआमा हजुरबुबालाई काम सघाउनु पर्ने भएकाले विद्यालय जान पाउँदैनन् ।

मोरङको बाहुनी सोमबारेकी अन्जना ऋषिदेव १० वर्ष पुग्नुभयो । तर उहाँले विद्यालय देख्नुभएको छैन । उहाँ भन्नुहुन्छ, “बुबा आमा पञ्जाब जानुभएको छ । पाँचवर्ष भयो, म र दिदी हजुरआमासँग बस्छौँ ।” हजुरआमाले सधैँ काममा पठाउने गरेकाले विद्यालय जान नपाएको उहाँले सुनाउनुभयो ।

अर्की देवकुमारी ऋषिदेव विद्यालयमा भर्ना हुनुभएको छ । तर, फुर्सदमा मात्र स्कुल जान पाउनुहुन्छ । बुबाआमा नै पञ्जाब गएपछि उहाँको पनि बुढी भएकी हजुरआमालाई घरायसी काम सघाउँदै दिन बित्ने गर्छ ।

अझ कञ्चन ऋषिदेवका बुबा खटनाले त आमालाई मात्र होइन दाजुभाइलाई पनि पञ्जाब लैजानुभएको छ । उमेर समेत कति भयो थाहा नपाउने कञ्चनले भन्नुभयो, छोरी जति हामी घरमा छौँ । कञ्चनकी दिदी राधिकाले भन्नुभयो, “हजुरआमा बुढी र बिरामी हुनुहुन्छ, बुबाले हामी तीनजनालाई छोडेर गएको पाँच वर्ष भयो । कहिलेकाहीँ फोन गर्नुहुन्छ । खर्च पठाउनु हुन्न । ”

उहाँले बाबुको ब्यबहारप्रति दुःख प्रकट गर्नुभयो । बनौल र सोमबारे क्षेत्रका बालिकाको दिन नै गुइँठा बनाउने तथा झिँझा र गोबर खोज्दै बित्ने गर्छ ।

बनौल र सोमबारे क्षेत्रका अल्पसङ्ख्यक सीमान्तकृत मुसहर जातिमा स्वास्थ्यसम्बन्धी चेतना झनै शून्य छ । प्रत्येक युवाका सरदर पाँचजना छोरी छन् ।

माटो काट्ने, पुर्ने, बाँध बाँध्ने र कृषिसम्बन्धी परम्परागत पेसा सङ्कटमा पर्दै गएपछि उहाँहरू पछिल्लो १० वर्षयता भारतको पञ्जाब र हरियाणामा काम गर्न जाने गर्नुभएको छ । यही हप्ता पञ्जाब जाने तयारी गरिरहेका बुधन ऋषिदेवले भन्नुभयो, “आफ्नो माटो छैन, परिवार ठूलो भयो, खान लगाउन दिनै प¥यो ।” रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter