मनमोहन सेन्टरले अत्याधुनिक भवन बनाएर सेवा विस्तार गर्ने

Manmohan Hospitalकाठमाडौँ, वैशाख १३ गते । मुटु रोगको उपचार सेवामा सफलता पाउँदै गएको त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले नयाँ अत्याधुनिक सुविधा सम्पन्न भवन बनाउने भएको छ ।

आठौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा भवनमा अति विशिष्ठ व्यक्तिका लागि विशेष कक्ष व्यवस्था हुनाका साथै नेपालमै पहिलोपल्ट उच्चस्तरीय आधुनिक कक्ष रहने जानकारी दिइएको थियो ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्तरीय सेवा प्रदान गर्न आवश्यक पूर्वाधारका लागि मन्त्रालयले सहयोग गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो–“मनमोहन सेन्टरलाई यसैवर्ष आवश्यक स्रोतका लागि तत्काल सहयोग उपलब्ध गराउनेछ भने बाँकी स्रोत हामी आउँदो वर्षको कार्यक्रमबाट प्रदान गर्नेछौँ । देशका सबै स्वास्थ्य केन्द्रलाई शय्याका आधारमा नभई जनशक्ति, सेवा र भौतिक पूर्वाधारका आधारमा परिचित बनाउन काम गरिरहेका छौँ । यसका लागि सबैको साथ आवश्यक छ ।’’

सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले नयाँ भवन दुई वर्षमा निर्माण कार्य सक्ने र सेवाको स्तर वृद्धि गर्नका लागि एउटामात्र ल्याबले नपुग्ने हुँदा आगामी आवबाट अर्को ल्याब थप्न लागिएको बताउनुभयो । त्यसका लागि स्वास्थ्य मन्त्रालयबाट स्वीकृति पाइसकेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – “सेन्टरले सुविधा विस्तार गर्दै मुटु, फोक्सो र रक्तनलीको विधामा हुनुपर्ने प्रायः सबै सुविधा विस्तार गरेको छ । हामीले पश्चिमा देशमा दिइने सेवा यहीँबाट दिन सफल भएका छौँ । देशकै नमुना सेन्टरका रुपमा विकास गर्न हामीले हरसम्भव सेवा सुविधा थप्दै जाने योजना बनाएका छौँ ।”

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीले आइओएमको मनमोहन सेन्टरले शैक्षिक एवम् व्यवस्थापकीय पक्षमा उदाहरणीय काम गरेको बताउनुभयो । त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले मनमोहन सेन्टरका सेवा र सुविधा प्रशंसनीय भएको बताउनुभयो ।

भास्कुरल सर्जन विभाग (सिटिभिएस) प्रमुख प्रा डा भगवान कोइरालाले सरकारले अस्थायी दरबन्दीमा चिकित्सकलाई राख्नेबारे छलफल गर्नुपर्ने अन्यथा सेवामा प्रभाव पर्ने बताउनुभयो ।

स्व नेता मनमोहन अधिकारीको सम्झनामा स्थापना गरिएको मनमोहन सेन्टरले गतवर्ष करिब एक हजार ९०० शल्यक्रिया गरेको जनाएको छ । चालु आवमा रु १७ करोड आम्दानी गरेको मनमोहन सेन्टरले फार्मेसीबाट मात्र रु पाँच करोड कुल नाफा गरेको जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter