• Monday, April 14, 2025

स्थानीय तहको निर्वाचनमा सेना परिचालनमा स्वीकृति; रामाअआले निर्वाचन अनुगमन गर्ने

nepal armyकाठमाडौँ, वैशाख १४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्थानीय निकायको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान भएको छ ।
स्थानीय तहको विसं २०७४ वैशाख ३१ गते हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भएअनुसार संविधानबमोजिम राष्ट्रपतिबाट स्वीकृति प्रदान भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सुरक्षा निकाय एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्न नेपाली सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद्को गत चैत १२ र मन्त्रिपरिषद्को चैत २९ गतेको निर्णय तथा प्रधानमन्त्रीको पत्रमा उल्लेखित सिफारिसबमोजिम वैशाख ३१ गते हुने निर्वाचनको कार्यमा नेपाली सेना परिचालनका लागि स्वीकृति प्रदान भएको जनाइएको छ । रासस

रामाअआले निर्वाचन अनुगमन गर्ने
राष्ट्रिय मानव अधिकार आयोगले आसन्न स्थानीय तह निर्वाचनको अनुगमन गर्ने भएको छ ।
आयोगले निर्वाचनअघि, निर्वाचनको समय र निर्वाचनपछि गरी तीन चरणमा मानवाधिकारको सुनिश्चितता सम्बन्धमा देशव्यापी रूपमा अनुगमन गर्ने आयोगका प्रवक्ता मोहना अन्सारीले जानकारी दिनुभयो । अनुगमनका लागि आयोगले यसै हप्तादेखि मानवाधिकार अधिकृतको टोली अनुगमनका लागि खटाउने भएको छ ।

उहाँले अनुगमन टोलीले राजनीतिक दलहरूले शान्तिपूर्वक भेला तथा विचार अभिव्यक्त गर्न पाए÷नपाएको तथा राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग भए÷नभएका सम्बन्धमा अनुगमन गर्ने बताउनुभयो ।

उहाँका अनुसार मतदाता शिक्षा तथा नागरिक सचेतनाको अवस्था, राजनीतिक दलद्वारा निर्वाचनका क्रममा हुन सक्ने मानव अधिकार हनन, अपाङ्गता भएका व्यक्ति– जेष्ठ नागरिक– अल्पङ्ख्यकलगायत सबै नागरिकले भयरहित वातावरणमा मतदान गर्न पाउने अधिकारको सुनिश्चितता, ‘स्थानीय तह निर्वाचन आचार संहिता, २०७३’ मा उल्लिखित मानवाधिकारसम्बन्धी विषय, समग्र सुरक्षा स्थितिलगायत विषयमा समेत अनुगमन गर्नेछ ।

अनुगमनका लागि प्रवक्ता अन्सारीको संयोजकत्वमा मानवअधिकार अनुगमन तथा समन्वय समितिसमेत गठन गरिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter