• Monday, April 14, 2025

निर्वाचन घोषणापछि सङ्ख्या पुनरावलोकन धाँधलीपूर्ण : अध्यक्ष ओली; एमालेको चुनावी गीत सार्वजनिक

KP Oli_East West Campaign_UMLकाठमाडौँ, वैशाख १४ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको मिति घोषणापछि उम्मेदवार तय हुन थालेको अवस्थामा केही जिल्लामा स्थानीय तहको सङ्ख्या पुनरावलोकन गराउन खोज्नु धाँधलीपूर्ण हुने बताउनुभएको छ ।

स्थानीय निर्वाचनका लागि पार्टीको केन्द्रीय प्रचार विभागले आज यहाँ आयोजना गरेको राष्ट्रिय प्रचार भेलाको उद्घाटन गर्दै उहाँले निर्वाचन आचारसंहिता विपरीत राति राति बिजुलीका पोल बाँड्ने, बजेटको रकमान्तर गर्ने, अघिल्लो मिति राखेर पछि निर्णय गर्ने, विदेशबाट भाडामा विज्ञ बोलाएर एमालेविरुद्ध गलत प्रचार गराउने र नेपाल प्रहरीमा आतङ्क सिर्जना गर्ने काम निर्वाचन विरोधी भएको आरोप लगाउनुभयो ।

दोस्रो चरणको निर्वाचनका लागि तय भएको जेठ ३१ गते मुस्लिम समुदायको रमजान पर्छ भनेर आफूले सत्तारुढ दलका नेतालाई सम्झाउँदा गैरजिम्मेवार जवाफ दिएको ओलीको गुनासो थियो ।

“दुई चरणमा निर्वाचन गराउने निर्णय गरिनु र दोस्रो चरणको निर्वाचनअघि बजेट ल्याउन खोज्नु पनि निर्वाचन हुन नदिने योजना हो ।” अध्यक्ष ओलीले भन्नुभयो – “फिर्ता भइसकेको संविधान संशोधन विधेयक पुनः ल्याइनु पनि निर्वाचन र राष्ट्रहितविरोधी हो र एमालेलाई निर्वाचन विरोधी भनेर प्रचार गरिएको छ ।”

उहाँले संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन गराइसक्नुपर्छ भन्दै त्यसबीचमा प्रतिनिधिसभाको निर्वाचन नभए राजनीतिक र संवैधानिक सङ्कटमा जाने र निर्वाचन गराउन गैरदलीय सरकार बनाएको जस्तो विगतको घटना दोहो¥याउने प्रयास भइरहेको दाबी गर्नुभयो ।

प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालले सार्वजनिक रुपमा आएको गृहसचिवसहितको हस्ताक्षरको कार्यसम्पादन मूल्याङ्कनको कागजलाई अदालतमा पेस गर्दा उनलाई किर्तेको आरोपमा गिरफ्तार गर्न खोज्नु तमासाको विषय हो भन्दै उहाँले यस्तो अवस्थामा जनताले सुरक्षाको प्रत्याभूति कसरी गर्ने भन्ने प्रश्न उठेको बताउनुभयो ।
एमालेको प्रचार क्षेत्रमा कार्यरत देशभरका प्रतिनिधि सहभागी भेलाको बन्दसत्रमा पार्टीका अन्य नेताहरुले अभिमुखीकरण गर्ने र प्रचारका योजना तय गर्ने जनाइएको छ ।

एमालेको चुनावी गीत सार्वजनिक
यसैबीच आसन्न स्थानीय निर्वाचनका लागि नेकपा (एमाले) ले आज आफ्नो चुनावी प्रचार गीत सार्वजनिक गरेको छ ।

एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीन वटा चुनावी गीति एल्बम सार्वजनिक गर्नुभएको हो । पुरुषोत्तम न्यौपाने, बद्री पङ्गेनी, राजु परियार, एकनारायण भण्डारी, वैकुण्ठ महत, राजा राजेन्द्र, महेश खड्का, रमेश थापा, अमृत खाती, अशोक राईलगायतका कलाकारले ती गीत गाउनुभएको हो । “सही पनि एमाले, मै पनि एमाले.., “भोट केमा सूर्यमा…”, “आफ्नो गाउँ, आफैँ अब बनाउनलाई उठौँ…” जस्ता बोलका गीत कार्यक्रममा प्रस्तुत भएका थिए ।

प्रवासी नेपाली मञ्च, ओमन र क्यानाडाले तयार गरेको अलगअलग गीति एल्बम पनि पार्टीका अध्यक्षलाई हस्तान्तरण गरियो । कार्यक्रममा अध्यक्ष ओलीले कलाकारलाई सम्मान गर्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter