वित्तीय विस्तारका लागि बैंकिङ एक्स्पो

Banking Expoकाठमाडौँ, वैशाख १५ गते । वित्तीय रुपमा पछि परेका समुदायलाई लक्षित गरी भृकुटीमण्डमा ‘बैंकिङ एक्स्पो–२०१७’ आजदेखि सुरु भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले एक्स्पोको उद्घाटन गर्नुभयो । काठमाडौँ उपत्यकामा पनि बैंकिङ प्रणालीमा नआएका लाखाँै नागरिक रहेकाले एक्स्पोको आयोजना गरिएको हो । एक्स्पोको महत्वबारे गभर्नर डा नेपालले भन्नुभयो – “वित्तीय साक्षरता प्रदान गर्ने महत्वपूर्ण अभियान हो । यसलाई निरन्तर विस्तार गर्दै लैजानुपर्छ ।”

हिमालय बैंक कार्ड विभागका अधिकृत सूर्योदय प्रजापतिले बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराएका ‘स्किम’को जानकारी दिने उपयुक्त स्थल एक्स्पो भएको बताउनुभयो ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत सरकारले ल्याएका कार्यक्रम तथा धितोपत्र बोर्डअन्तर्गत हुने सबै पुँजी बजारका क्रियाकलाप, नेपाल राष्ट्र बैंकका गतिविधिबारे एक्स्पोमा जानकारी पाउन सकिनेछ ।
राष्ट्र बैंकबारे जानकारी दिन बस्नुभएकी अधिकृत निभा श्रेष्ठले एक्स्पोको प्रवद्र्धक केन्द्रीय बैंक भएको जानकारी दिनुभयो । एक्स्पोमा सरकारबाट इजाजत प्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्था, बिमा समितिबाट इजाजत प्राप्त सबै बिमा कम्पनीको सहभागिता रहेको छ । नियमन निकाय एवम् सेवाप्रदायक र सेवाग्राही एकै छानामुनि ल्याउने काम भएको एक्स्पो संयोजक माधव निर्दोषको भनाइ थियो ।

तीन दिनसम्म चल्ने एक्स्पोमा ४५ वटा प्रदर्शनी कक्ष रहेका छन् भने पाँच लाख अवलोकनकर्ता आउने विश्वास लिइएको छ । एक्स्पोमा अवलोकन गरेर बाहिर निस्कँदै गरेका दिपेश दाहालले वित्तीय पहुँचमा नभएका नागरिक एवम् बैंक तथा वित्तीय संस्था, बिमा र पुँजी बजारबारे जानकारी लिन सकिने भएकाले महत्वपूर्ण कार्य भएको प्रतिक्रिया दिनुभयो ।

ग्लोबल आइएमई बैंकको कर्जा विभागमा काम गर्दै आएका धीरेन्द्र चन्दले आफ्ना स्किम तथा सेवाबारे प्रचार गर्ने उपयुक्त थलो एक्स्पो भएको बताउनुभयो । यस एक्स्पोमा प्रतिस्पर्धी संस्थाको सहभागी भएकाले एकले अर्काको प्रवद्र्धनात्मक तरिका थाहा पाउन सहज हुने विश्वास लिइएको छ ।

एक्स्पोपमा विप्रेषण तथा लघुवित्त संस्थाले पनि आफ्ना अभियानका विषयमा जानकारी दिनेछन् । “बैंक तथा वित्तीय संस्था एकीकृत रुपमा घरजग्गा, गाडीमा मात्र कर्जा प्रवाह गर्दारहेछन्, सेवामा बैंक तथा वित्तीय संस्थाको विविधता रहेनछ” – अवलोकनकर्ता दीपेशले भन्नुभयो ।

सेवाग्राहीको आकाङ्क्षाअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्ना सेवालाई विविधीकरण गरेका खण्डमा वित्तीय पहुँच विस्तार हुने र नयाँ सेवाग्राही थपिन्छन् भन्ने सेवाप्रदायकले विश्वास गर्नुपर्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter