तालतलैया सुकेर वन्यजन्तुलाई असर पर्न थालेपछि खोलाबाट पानीको व्यवस्थापन

Chitwan National Parkचितवन, वैशाख १६ गते । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका तालतलैया खडेरीका कारण सुक्न थालेपछि खोलाबाट पानी व्यवस्थापनको काम सुरु भएको छ ।

मुख्यगरी चितवनको पूर्वी क्षेत्रमा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनले तालतलैया सुख्खा हुन नदिन राप्ती खोलाबाट पानी पठाउन थालेको हो । नदीमा समेत पानी घटेकाले खोलाको बगर खनेर जङ्गलका ताल तलैयामा पानी पठाउन थालिएको वन कार्यालयका सचिव भरतप्रसाद नेपालले जानकारी दिनुभयो ।

उहाँका अनुसार कुमरोज सामुदायिक वन बाघ, गैँडा, हात्ती, जरायो, चित्तल, बँदेललगायत वन्यजन्तुको बासस्थान र विचरण क्षेत्र हो । त्यसैका कारण यहाँ पर्यटकहरु आइरहेका छन् । पानीका तालहरु सुख्खा हुन थालेपछि वन्यजन्तुहरुले बासस्थान परिवर्तन गर्ने भएकाले तिनीहरुको संरक्षणका लागि यसरी तालमा पानीको व्यवस्थापन गर्न थालिएको हो । कुमरोज सामुदायिक वनमा वन्यजन्तुका लागि आठ वटा ताल छन् । तीमध्ये लामि, गैँडा, हेलिप्याड र जैविक ताल मुख्य हुन् । यहाँ रहेका झन्डै एक दर्जन गैँडाहरु यही तालमा रमाउने गर्दछन् । तर अहिले जैविक र राइनोलगायत चार वटा ताल सुख्खा हुन थालेकाले पानीको व्यवस्थापन गरेर तालमा पानी पठाउने काम थालिएको चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र, बूढी राप्ती उपभोक्ता समितिका कार्यालय सचिव गोविन्द दराईले बताउनुभयो ।

अहिले करिब रु एक लाखको लगानीमा समुदायलाई समेत सहभागी गराएर पानीको व्यवस्थापन थालिएको छ । वर्षा नहुँदासम्म पानीको समस्या हुने भएकाले राप्ती नदीको पानी छेकेरै वनमा ल्याइएको हो । यो सामुदायिक वन झण्डै ७०० हेक्टरमा फैलिएको छ । वनमा पछिल्लो समयमा पर्यटन विकास भएपछि पर्यटकका लागि हात्ती सफारी र जीप सफारी कार्यक्रमसमेत सञ्चालन गरिएको छ । चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल अन्य क्षेत्रका तालमा समेत खडेरीले समस्या पारेको बताउनुहुन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter