दश हजारले गरे स्वास्थ्य बिमा; अक्सन मार्केट सञ्चालन नहुँदा चिया किसान निराश

Health Ministryइलाम, वैशाख १६ गते । इलाममा नौ हजार आठ सय २८ जनाले स्वास्थ्य बिमा गरेका छन् । गत असार १५ गतेबाट सुरू भएको स्वास्थ्य बिमा कार्यक्रमबाट हालसम्ममा रु ५६ लाख ८० हजार तीन सय १५ सङ्कलन भएको छ ।

यस कार्यक्रमअन्तर्गत उनीहरुले जिल्लाका विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र, इलाम अस्पताल, झापा र काठमाडौँका अस्पतालबाट सेवा लिएका छन् । सामाजिक स्वास्थ्य विकास समिति जिल्ला कार्यालय इलामका प्रबन्धक हार्दिक सापकोटाकाअनुसार जिल्ला अस्पतालबाट तीन हजार ९८ जना, झापाका अस्पतालबाट पाँच सय ८५ र काठमाडौँका अस्पतालबाट १५ जनाले स्वास्थ्य उपचार सेवा पाएका छन् ।

प्रबन्धक सापकोटाकाअनुसार साँखेजुङ, सोयाङ, सोयाक, जोगमाइ, पञ्चकन्या, मङ्गलबारे, इरौटार, दानाबारी, साकफाराजस्ता साविकका गाविसमा दर्ता सहयोगी नभएर बिमा कार्यक्रम सुचारू भएको छैन । बिमा दर्ता सहयोगी नभएर काम नभएको ठाउँमा स्थानीय तहको निर्वाचनपछि तत्कालै सुरू गर्ने सापकोटाले जानकारी दिनुभयोे ।

जिल्लामा हाल ५२ जना दर्ता सहयोगी रहेका छन् । सबैभन्दा बढी बिमा गर्ने सूर्योदय नगरपालिकामा आठ सय ८१ जना, इलाम नगरपालिकामा आठ सय ३५ जना, देउमाई नगरपालिकामा दुई सय ३१ जना रहेका छन् ।

बिमा कार्यक्रम सुरू हुँदा भन्दा अहिले सेवा सुविधासमेत थप गरेको प्रबन्धक सापकोटाले जानकारी दिनुभयो । एक वर्षअघि बिमा कार्यक्रम सुरू हुँदा एक सय ६८ प्रकारका औषधि सेवामा समेटिएको थियो तर अहिले बढाएर ५३० प्रकारका औषधि सेवामा रहेका छन् ।

अक्सन मार्केट सञ्चालन नहुँदा चिया किसान निराश

यसैगरी एकवर्ष अघिदेखिनै सञ्चालन गर्ने भनिएको चिया लिलाम बिक्री केन्द्र (अक्सन मार्केट) अझै सञ्चालनमा आएको छैन् ।

यसवर्ष चिया टिप्ने सिजन सुरू भइसक्दा समेत अक्सन मार्केट सञ्चालन नहुँदा चिया कृषक अन्र्याैलमा परेका छन् । फागुन महिनादेखि किसानले यो पटकको हरियोपत्ती टिप्न थालेका छन् ।

आगामी आर्थिक वर्षदेखि अनुदानका लागि बजेट विनियोजन गर्ने सरकारी आश्वासन पाएको अक्सन सञ्चालन समितिले नयाँ आर्थिक वर्ष सुरू भएपछि मात्र अक्सन सञ्चालनमा ल्याउने जनाएको छ ।

नेपालमा पहिलो पटक झापाको विर्तामोडमा स्थापना हुन लागेको अक्सन मार्केट स्थापना भएपछि किसानलाई सहुलियत पुग्ने छ । सरकारले सुरूका तीन वर्ष अनुदान दिए मात्र अक्सन मार्केट सञ्चालनमा सहज हुने अक्सन सञ्चालक समितिका अध्यक्ष सुरेश अग्रवालले बताउनुभयो ।

‘क्रेतालाई अलि बढी सुविधा दिएर भए पनि नेपालको अक्सनबाट चिया किन्ने वातावरण बनाउनुपर्छ’ अग्रवालले भन्नुभयो– “दुई÷तीन वर्षपछि अनुदान नदिए पनि मार्केट आफैं सञ्चालन हुन्छ ।” अक्सन मार्केट सञ्चालन निर्देशिका बनिसकेको भए पनि त्यसलाई परिमार्जन गरिने बताइएको छ । यसअघि चिया उत्पादकले कम्तीमा २५ प्रतिशत उत्पादन अक्सन मार्केटबाटै बिक्री गर्नुपर्ने व्यवस्थालाई परिवर्तन गरेर कम्तीमा ५० प्रतिशत उत्पादन अक्सन मार्केटमा नै ल्याउनुपर्ने व्यवस्था राख्न प्रस्ताव गरिएको छ ।

यस्तै स्थानीय बजारमा खपत हुने चियासमेत अक्सन मार्केटबाटै किनबेच गर्नुपर्ने प्रावधान निर्देशिकामा छ । निर्देशिका परिवर्तन गरेर त्यस अनुसारको कार्यविधि बनाएपछि मात्रै अक्सन मार्केट सञ्चालनको बाटो खुल्नेछ । चार वर्षअघि नै सरकारले चियाको अक्सन मार्केट सञ्चालन गर्ने घोषणा गरे पनि कार्यान्वयन नहुँदा चिया उद्योगी र किसान निराश हुँदै आएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter