अपाङ्गता भएका व्यक्तिका लागि सामग्री वितरण

people with disabilitiesगुलरिया (बर्दिया), जेठ १९ गते । बर्दियामा शारीरिक तथा दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिका लागि रु १० लाख मूल्य बराबरको सहायक सामग्री वितरण गरिएको छ ।

वितरण गरिएको सहायक सामग्रीबाट २७ जना शारीरिक अपाङ्गता भएका र दुईजना दृष्टिविहीन अपाङ्गता भएका व्यक्ति लाभान्वित भएका छन् । बर्दिया अपाङ्ग पुनः स्थापना केन्द्र गुलरिया, बर्दियाले जिल्ला समन्वय समिति, बर्दिया र गुलरिया नगरपालिकाको आर्थिक सहयोगमा हिजो एक कार्यक्रमको आयोजना गरी सहायक सामग्री वितरण गरेको हो ।

राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाज, अनामनगर, काठमाडौँले शारीरिक अपाङ्गता भएका व्यक्तिका लागि २५ थान आधुनिक मोडलका ह्विल चियर र ट्राइसाइकल निःशुल्क उपलब्ध गराएको हो ।

दुई महिनाअगाडि नाप जाँच गरिएका २७ जना शारीरिक अपाङ्गता भएका व्यक्तिहरु लाभाान्वित भएका हुन् जसमा १५ जनाले ह्विल चियर, १० ट्राइसाइकल, दुई वैशाखी र दुईजना दृष्टिविहीन अपाङ्गता भएका व्यक्ति सेतो छडी प्राप्त गरी लाभान्वित भएको संस्थाले जनाएको छ ।

बर्दिया अपाङ्ग पुनःस्थापना केन्द्रका अध्यक्ष कृष्णबहादुर क्षेत्रीको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति, बर्दियाका प्रमुख तेजराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी नीलकण्ठ रेग्मी, गैरसरकारी संस्था महासङ्घ बर्दियाका अध्यक्ष विष्णु तिमिल्सिना, पत्रकार कृष्ण भण्डारी तथा सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजका प्रतिनिधि एवम् राष्ट्रिय अपाङ्ग महास्ङ्घ नेपालका केन्द्रीय सदस्य सुगम भट्टराईले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने स्वागत चिन्तामणि कँडेलले गर्नुभएको थियो ।

शारीरिक अपाङ्गता भएका व्यक्ति एक ठाउँबाट अर्को ठाउँमा जानका लागि अरूको सहयोग लिएर कठिनाइ हुने अवस्थामा सहायक सामग्रीको सहायताबाट सहजरुपमा चलफिर गर्न सक्ने र दैनिक जीवनयापनमा पनि सहज हुने शारीरिक अपाङ्गता भएका व्यक्तिको भनाई रहेको छ । रासस

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*
Advertise Section 7

TOP NEWSview all

Clean Nepal is possible as over 23 million people are willing to contribute: Khem Sharma

Even though it’s late, victims will get something from the commission: Subedi

Cecil and Harambe; a lesson for Himalayan Republic

Trip Down under

We want real conversion of our students beyond religion: Fr. Boniface Tigga, Regional Superior of Nepal Jesuit Society




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Pratibedan Baidya