आफूले काम लगाउनसकिने मान्छेलाई मत दिऔँ : पूर्वप्रधानन्यायाधीश

Kedar Nath Upadhayaसोलुखुम्बु,जेठ २१ गते । पूर्वप्रधानन्यायाधीश तथा राष्ट्रिय मानवाधिकार आयोगका पूर्वअध्यक्ष केदारनाथ उपाध्यायले यसपटक स्थानीय निकाय नभई स्थानीय तहको निर्वाचन भएका कारण सोहीअनुसारको व्यक्तिलाई मतदान गर्नुपर्ने बताउनुभएको छ ।
लोकतान्त्रिक स्वतन्त्र मानवाधिकार संस्था, काठमाडौँको आयोजनामा आज सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सम्पन्न ‘स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन’ विषयक अन्तक्र्रियामा उपाध्यायले निर्वाचनबाट स्थानीय सरकार गठन हुने भएकाले आफूहरुले काम लगाउनसक्ने व्यक्तिलाई छनोट गर्नुपर्ने बताउँदै स्थानीय तहमा गठन हुने सरकारले केके काम गर्छ र त्यसमा कस्ता व्यक्ति उपयुक्त हुन्छन् भन्ने कुराको ज्ञान आम नागरिकसम्म पु¥याउन सबै पक्ष लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा इन्सेकका अध्यक्ष सुशील प्याकुरेलले अहिलेको निर्वाचनलाई पनि २०५४ को स्थानीय निकायकै रुपमा बुझिएको पाइएकाले यसप्रतिको ज्ञान प्रवाह गर्नुपर्ने भन्दै दल जुन भएपनि व्यक्ति सक्षम खोज्न नागरिकलाई आकर्षित गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे र प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जिल्लामा हालसम्मको अवस्थामा सुरक्षा चुनौती निकै कम रहेको र धाँधलीरहित निर्वाचन गराउन आफूहरु तयार रहेको बताउनुभयो ।

कार्यक्रममा विभिन्न राजनीतिक दल, सङ्घसंस्था तथा सञ्चारकर्मीले निष्पक्ष र विश्वसनीय निर्वाचनका लागि प्रशासन विभेदरहित हुनुपर्ने र दलहरुले जिम्मेवारीपूर्वक कार्यक्रम गर्नुपर्ने बताएका थिए । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter