• Wednesday, May 28, 2025

लेखा प्रमुख नियुक्त गर्न ढिलाई गर्दा सम्झौता भएका योजनाको भुक्तानी दिन रोकिए

government logoनगेन्द्र सापकोटा / काठमाडौं, जेठ २५ गते । सरकारले गाउँ र नगरपालिका वडा कार्यालहरुमा लेखा प्रमुख नियुक्त गर्न ढिलाई गर्दा सम्झौता भएका योजनाको भुक्तानी दिन रोकिएका छन् । गाउँ र नगरका वडाहरुमा धेरै तर साना योजना सञ्चालन हुने गरेको गर्छन । स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धित आदेशमा गाउँ नगरपालिकाका वडाहरुमा वडा सचिव र लेखा प्रमुखको नाममा खाता सञ्चालन गर्न उल्लेख गरिएको छ तर अहिलेसम्म वडामा लेखा प्रमुख नियुक्त नहुँदा योजना सम्झौताको भुक्तानी दिन रोकिएको हो ।

साबिक स्थानीय निकाय रहँदा भने सम्बन्धित गाविस अध्यक्ष र वडा सचिवको संयुक्त नाममा खाता सञ्चालन गर्ने व्यवस्था थियो तर अहिले सरकारले वडाध्यक्षको नाममा खाता सञ्चालन गर्न रोक लगाएको छ ।

आदेशको ५० नं. बुँदामा गाउँ र नगरकार्यपालिकाले निर्णय गरी वडास्त्तरको कार्यक्रम सञ्चालनका लागि स्थानीय सञ्चित कोषबाट रकम खर्च गर्न सम्बन्धित वडा कार्यालयको छुट्टै खर्च खाता सञ्चालन गर्न सक्नेछ भनिएको छ । वडाको खाता खोल्ने सञ्चालन गर्ने, कारोबारको लेखा राख्ने तथा हिसाब समायोजनको सम्बन्धमा गाउँपालिका र नगरपालिकाको पूर्ण जिम्मेवारभित्र पर्दछ भन्ने उल्लेख छ ।

उक्त बुँदाले गाउँपालिकाको वडामा लेखा प्रमुख नहुँदा गाउँ र नगरकार्यपालिकाले निर्णय गरी वडाध्यक्ष र वडा सचिवको नाममा खाता सञ्चालन गर्न सकिने स्थानीय तह निजामति सचिव हकहित संरक्षण केन्द्र नेपालले जनाएको छ । त्यसका लागि मन्त्रालयले लिखितरुपमा आफूहरुलाई जानकारी नगराउँदा समस्या भएको केन्द्रका बरिष्ठ उपाध्यक्ष एकनारायण काफ्ले बताउनुहुन्छ ।

उहाँका अनुसार अहिले खाता सञ्चालन कसकसको नामा गर्ने हो भन्ने अन्योल हुँदा सम्पन्न भएका योजनाको भुक्तानी दिन रोकिएको छ । यसका लागि आफूहरु पटक पटक मन्त्रालय धाउँदासमेत मन्त्रालयले वेवास्ता गरेको छ ।

उहाँका अनुसार २०५४ साल पछि स्थानीय निकायमा जनप्रतिनिधिको कार्यावधि सकिएपछि भने केही वर्ष जिल्ला विकास समितिका लेखा प्रमुख र गाविस सचिवको नाममा खाता सञ्चालन गरिएको थियो । त्यसपछि भने सहायक कर्मचारी रहेका गाविसमा सो कर्मचारी र गाविस सचिवको नाममा खाता सञ्चालन गर्ने गरिएको थियो । सहायक कर्मचारी नभएका गाविसमा विषयत कार्यालयका इलाका स्थित कर्मचारीको र गाविस सचिवको नाममा खाता सञ्चालन हुँदै आएको थियो ।

उहाँले भन्नुभयो –‘ तर स्थानीय निकाय तहमा रुपान्तरण भइसकेपछि भने सहायक र अन्य विषयत कार्यालयका कर्मचारीको नाममा खाता खोल्ने स्पष्टरुपमा कही कतै उल्लेख गरिएको छैन ।’

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter