• Thursday, June 12, 2025

संरक्षणमा स्थानीय सहभागिता थप प्रभावकारी हुने

suklapant-deers-300x230लक्ष्मीप्रसाद उपाध्याय / काठमाडौँ, जेठ २५ गते । सरकारले वन्यजन्तु राहत निर्देशिका संशोधन गरी वन्यजन्तुबाट मृत्यु हुने व्यक्तिलाई राहत तथा क्षतिपूर्तिको रकम दोब्बर गरेपछि सरोकारवालाहरुले संरक्षणमा स्थानीय सहभागिता थप प्रभावकारी हुने दावी गरेका छन् ।

सरकारले वन्यजन्तुबाट मृत्यु हुने व्यक्तिलाई राहत स्वरुप १० लाख रुपियाँ दिने निर्णय गरेपछि संरक्षणकर्मीहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । यसअघि वन्यजन्तुकोे आक्रमणबाट मृत्यु हुने व्यक्तिलाई पाँच लाख रुपियाँ राहत दिने व्यवस्था थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार मृत्यु हुने व्यक्ति, घाइते हुने व्यक्ति तथा धनजनको क्षति भएको क्षतिपूर्तिका लागि पनि राहत रकम वृद्धि गरिएको छ । वन्यजन्तुको आक्रमणबाट घाइते हुने व्यक्तिलाई उपचारका लागि दुई लाख रुपियाँ दिने गरी सरकारले निर्णय गरेको छ ।

महानिर्देशक खड्काले भन्नुभयो, –‘लामो प्रयासपछि सरकारले यो निर्णय गरेको छ । संरक्षणमा मानव वन्यजन्तुको द्वन्द्व व्यवस्थापन निकै चुनौतीपूर्ण कार्य हो । यसले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्न अलि सहज हुने भएको छ ।’

विशेष गरी वन्यजन्तुको आक्रमणमा परी चितवन, बर्दिया र शुक्लाफाँटामा वर्षेनी दर्जनौँ व्यक्तिको मृत्यु हुने र राहतका लागि राजमार्ग अबरुद्ध हुने, बन्द, हड्ताल हुने, कर्मचारीमाथि दुव्र्यवहार हुने लगायतका घटना भइरहने गर्छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter