• Thursday, June 12, 2025

अग्र्यानिक तरकारी उत्पादनमा महिला

Vegetable farming Nepalकञ्चनपुर, जेठ २५ गते । बेलौरी नगरपालिका–२ गोकुलपुरका महिला अग्र्यानिक तरकारी उत्पादनमा लागेका छन् ।

एकीकृत शत्रुजीव व्यवस्थापन(आइपिएम) पाठशाला सञ्चालन्पछि मानव स्वास्थ्यका लागि लाभदायक हुने अग्र्यानिक तरकारी खेतीतर्फ महिला उन्मुख भएका हुन् । तीन महिनाको तालिमपश्चात महिलाले रासायनिक विषादी र रासायनिक मलको प्रयोग नगरिकनै घरमै तयार पारिएको जैविक मल र वनस्पतिको झोलको प्रयोग गरी लौका, फर्सी, तीतेकरेला, काँक्रा, भिन्डी, गोलभेँडालगायत तरकारी उत्पादन गर्न थालेका छन् ।

आइपिएम पाठशालाबाट दक्ष बनेका महिलाले घरमै उत्पादन हुने फोहरजन्य पदार्थको व्यवस्थापन गरेर र गोवरमलबाट प्राङ्गारिक मल बनाउने सीपको प्रयोग गरी तरकारीको उत्पादकत्वमा वृद्धि गरेका छन् । प्राङ्गारिक मलको प्रयोगले हुने फाइदा बारे स्थानीयवासीलाई सचेत गर्दै आएकाले रासायनिक मलको प्रयोग गर्दै आएका स्थानीयवासीले घरमै प्रयोग हुने मलको प्रयोग गर्न थालेको फूलबारी आइपिएम पाठशालमा सहभागि अनिता रानाले बताउनुभयो ।

“शत्रुजीवको व्यवस्थापन र मित्रजीवको संरक्षण गर्दा बालीलाई टेवा पुगेको छ”, उहाँले भन्नु भयो । तरकारी बालीमा लाग्ने किरा नियन्त्रण गर्न गाउँघरमै प्रशस्त पाइने वनस्पतिको झोल तयार गरी विषादीको सट्टा प्रयोग गर्न थालेकाले स्वास्थ्य र पैसाको बचत भएको उहाााको भनाइ छ ।

पाठशालाका सहभागी भागो राना बजारमा अग्र्यानिक तरकारीको मूल्य र माग बढिरहेको बताउनुहुन्छ । यहाँका महिलाले बेमौसमी र मौसमी तरकारी उत्पादन गरी वार्षिक रु ७० हजारदेखि रु एक लाखसम्म आम्दानी गर्दै आएका छन् । महिलाले अग्र्यानिक तरिकाबाट उत्पादन गरिएको तरकारी बिक्री गर्न बेलौरी बजारमा आइपिएम अग्र्यानिक पसलसमेत सञ्चालन गरेका छन् । सो पसलबाट दैनिक दुई क्विन्टलसम्म तरकारी बिक्री हँुदै आएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter