• Friday, June 13, 2025

चुँदीफाँटमा धान र आलु खेती फस्टाउँदै

Paddy Fieldअमरराज नहर्की / तनहुँ, जेठ २६ गते । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घा मुलुककै प्रमुख साहित्यिक तीर्थ स्थल हो । यही चुँदीफाँटलाई कृषि पर्यटनको केन्द्रको रूपमा विकास गर्न लागिएको छ ।

कृषि पर्यटनका लागि जिल्ला कृषि विकास कार्यालय र सिँचाइ डिभिजन कार्यालयले धान र आलु खेतीको नमुना क्षेत्र बनाउन लागेको छ । नमुना फाँटको रूपमा विकास गर्न लागेपछि चुँदेली उत्साहित भएका छन् ।

चुँदीफाँट विशेष गरी धान र आलु खेतीको उच्च सम्भावना क्षेत्र भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । नेपालमा चैतेधान सबैभन्दा बढी हुने जिल्लामा तनहुँ तेस्रो नम्बरमा पर्ने र चैते धान तनहुँमा चुँदीरम्घा फाँट क्षेत्रमा बढी फल्ने हुँदा चैते धानको नमुना फाँटको रूपमा छनोट गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले जानकारी दिनुभयो । अधिकृत अधिकारीका अनुसार आलु खेती पनि राम्रो हुने हुँदा दुवै खेतीको लागि कृषकलाई प्रोत्साहन गरिएको छ । कृषकलाई प्रोत्साहन गर्न कार्यालयले धान र आलुको उन्नत जातको बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराउँदै छ । परम्परागतरूपमा खेती प्रणालीलाई निरुत्साहित गर्दै आधुनिक कृषियन्त्र प्रयोग गर्न पनि कार्यालयले प्रोत्साहन गरेको छ ।

सिँचाइ डिभिजन कार्यालयले चारवटा सिँचाइ आयोजना सञ्चालन गरेको छ । डिभिजन कार्यालयका प्रमुख हरिदत्त पौडेलले दिनुभएको जानकारी अनुसार एक करोड २४ लाख रुपियाँको लागतमा चुँदी–बाराही सिँचाइ आयोजना निर्माण गरी ४५ हेक्टर जमिनमा सिँचाइ गरिएको छ । भानु–वराह सिँचाइ आयोजना एक करोड १० लाख रुपियाँको लागतमा निर्माण गरिएको छ जसले ४० हेक्टर जमिनमा सिँचाइ गरेको पौडेलले जानकारी दिनुभयो ।

यसैगरी, ६७ लाख रुपियाँको लागतमा चुँदीखोला सिँचाइ आयोजना निर्माण गरी २९ हेक्टर जमिनमा सिँचाइ गरिएको छ । चुँदीफाँटलाई बीउ उत्पादनको पकेट क्षेत्रको रूपमा पनि विकास गरिएको छ । तीन वर्षभित्र चुँदीफाँट कतै बाँझो नराखी एक सिजन आलु र दुई सिजन धान गर्ने उद्देश्य राखिएको छ । बीउ राम्रो हुँदा उत्पादनमा करिब २० देखि २५ प्रतिशत वृद्धि हुने हुँदा अनुदानमा उन्नत जातको बीउ कृषकलाई दिइएको जिल्ला कृषि विकास कार्यालय तनहुँले जनाएको छ ।

कृषकलाई सजिलोको लागि जिल्ला कृषि विकास कार्यालय र सिँचाइ डिभिजन कार्यालयसँग समन्वय गरी अनुदानमा धान र आलुको बीउ दिने र किसानसँग बीउ खरिद गरी सुरक्षित तरिकाले भण्डारण गर्ने काम गरिरहेको भानु सहकारी संस्थाका अध्यक्ष मनिलाल श्रेष्ठले जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter