• Wednesday, June 11, 2025

गृहमन्त्री शर्मा र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल; निर्भिक, अठोट र सुझबुझका साथ अनुगमन गर्न निर्देशन

Election Commissionकाठमाडौँ, जेठ ३० गते । आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्ने विषयमा केन्द्रित रहेर गृहमन्त्री जनार्दन शर्मा र प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहितका आयुक्तबीच आज निर्वाचन आयोगमा छलफल भएको छ ।

निर्वाचनका लागि गृह मन्त्रालयबाट तयार पारिएकोे सुरक्षा व्यवस्था तथा निर्वाचनको तयारीबारे आयोगबाट भएका प्रगतिका वारेमा उहाँहरुबीच छलफल भएको हो ।

गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि पहिलो पटक निर्वाचन आयोग पुग्नुभएका मन्त्री शर्माले अहिले उब्जेका सुरक्षा चासो र अन्य नीतिगत विषयमा छलफल गर्नुभएको छ ।

सो अवसरमा गृहमन्त्री शर्माले राजनीतिक तहमा वर्तमान समस्या समाधान गर्न सरकारबाट पहल भइरहेको जानकारी दिँदै आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि यथेष्ट सुरक्षा प्रबन्ध मिलाउन सरकार कटिबद्ध छ भन्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले आसन्न निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर्ने कार्यदेखि मतदाता शिक्षा, निर्वाचन प्रचारप्रसार, मतदान तथा मतगणना लगायतका सम्पूर्ण निर्वाचन कार्यक्रम सञ्चालन गर्दा भरपर्दो सुरक्षा व्यवस्था मिलाई सम्बद्ध पक्षमा सुरक्षाको प्रत्याभूति हुन आवश्यक रहेको बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा यादवबाट वर्तमान परिस्थितिमा सुरक्षा रणनीति र सुरक्षा योजना प्रभावकारी हुनुपर्ने आवश्यकता औँल्याउनु भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

छलफलमा आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौड्याल तथा सुधीरकुमार शाह, गृह सचिव लोकदर्शन रेग्मी र आयोगका सचिव गोपीनाथ मैनाली सहभागी हुनुहुन्थ्यो । रासस

निर्भिक, अठोट र सुझबुझका साथ अनुगमन गर्न निर्देशन

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनका क्रममा आउन सक्ने चुनौतीको निरुपण सहितको योजना बनाएर काम गर्न अनुगमनमा खटिने टोली प्रमुखलाइ निर्देशन दिनुभएको छ ।

आगामी असार १४ गते हुने दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनमा मुलुकका ४३ जिल्लाका ४६१ स्थानीय तहमा खटिएका अनुगमन टोलीप्रमुख सँगको अन्तरक्रियामा उहाँले निर्वाचनको स्वच्छता र निष्पक्षतालाई कायम राखेर निर्भिक, अठोट र सुझबुझका साथ काम गर्न सुझाव दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले आगामी असार २ गते उम्मेदवारी दर्तासँगै निर्वाचनका बारेमा उठेका सबैखाले शङ्का÷उपशङ्का स्वतः निवारण हुने बताउँदै निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गर्नुपर्ने अवस्था आए त्यसबाट पछि नहट्न निर्देशन दिनुभयो ।

आचारसंहिताको पालन भयो÷भएन, कसबाट उल्लङ्घन भयो भन्ने बारेमा सबै खाले अभिलेख राख्न निर्देशन दिँदै उहाँले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित तुल्याउन आयोग क्रियाशील छ भन्नुभयो ।

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले अनुगमनमा खटिएका टोली प्रमुख आयोगको अभिन्न अङ्गका रुपमा सुम्पिएको जिम्मेवारीलाई राम्रोसँग पूरा गर्न सुझाव दिनुभयो । अनुगमन टोली प्रमुखका रुपमा निर्वाचन आयोगले दुई सचिवसहित ४३ जना सहसचिवलाई आजैबाट जिल्लामा खटाएको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter