चिनियाँ पर्यटकलाई नेपालबारे जानकारी

nepal_china_flag_liveकाठमाडौँ, जेठ ३० गते । नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चीनका प्रमुख पर्यटकीय स्थानमा ‘नेपाल–चीन पर्यटन प्रवद्र्धन मिसन’ सम्पन्न भएको छ ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को संयोजन तथा नेपाल पर्यटन बोर्ड, चीनको पर्यटन च्याम्बर तथा एअर चाइनाको संयुक्त सहयोगमा चीनको ग्वाङजाओ र हाङजाओमा आयोजित कार्यक्रममा नेपाली पर्यटकीय गन्तव्य प्रवद्र्धनबारे चर्चा गरिएको थियो ।

मिसनमा प्रमुख वक्ताका रुपमा साङ्घाईका अवैतनिक वाणिज्य महादूत जियानमिङ ऊले हाङजाओमा सोमबार आयोजित आयोजित समारोहमा नेपाल एवम् चीनका सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यका बारेमा बोल्दै यी दुई मुलुकमाझ रहेको शताब्दीयौँ पुरानो मित्रताको जिकिर गर्नुभएको थियो ।

उहाँले नेपाल पर्यटकका लागि विश्वमा नै एउटा अद्वितीय गन्तव्यका रुपमा रहेको उच्च हिमशृङ्खलाले भरिपूर्ण भगवान् बुद्धको जन्मस्थल हो भन्नुभयो । साथै, चीन विश्वमा नै सबैभन्दा अधिक पर्यटकलाई विश्व–भ्रमणमा पठाउने दोस्रो मुलुक भएकाले नेपालले चिनियाँ पर्यटकलाई नेपाल भ्रमणमा आकर्षित गरी धेरै लाभ आर्जन गर्न सक्ने सम्भावना रहेको औँल्याउनुभयो ।

नाट्टाका अध्यक्ष तथा टोलीप्रमुख मधुसूदन आचार्यले पर्यटनको आदान–प्रदानबाट दुई देश बीचको विद्यमान मित्रता झन् बलियो हुँदै जाने बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter