जुम्लामा मिडवाइफ्री अध्यापन हुने

Jumlaकाठमाडौँ, असार २ गते । जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा यसै वर्षदेखि मिडवाइफ्री (प्रसूति विद्या) को अध्यापन सुरु गर्ने तयारी भइरहेको छ ।

आउँदो मङ्सिर महिनादेखि अध्यापन सुरु गर्ने लक्ष्य राखिएकाले अहिले यसको पाठ्यक्रम बनाउने, भौतिक संरचना तयार पार्नेलगायतका तयारी थालिएको जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा राजेन्द्र वाग्लेले जानकारी दिनुभयो ।

नेपालमा पेसागत मिडवाइफ (प्रसाविका) को विकास गर्न लागि सन् २००६ मा नेपाल सरकारले दक्ष प्रसूतिकर्मी नीति ल्याएको थियो । त्यसमा मिडवाइफ्री जनशक्ति तयार गर्न लागू गरिएको छुट्टै पाठ्यक्रम नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान न्याम्सको वीर अस्पताल नर्सिङ क्याम्पस र काठमाडौँ विश्वविद्यालय धुलिखेलमा १६ जनाले अध्ययन गरिरहेका छन् ।

कर्णालीमा दक्ष चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा गर्भवती, सुत्केरी र शिशुको मृत्युदर उच्च रहेकाले अन्य विद्यालाई भन्दा मिडवाइफ्रीलाई प्रमुखता दिइएको उपकुलपति वाग्लेले बताउनुभयो ।

मिडवाइफ्री सोसाइटी अफ नेपालका अध्यक्ष प्रा किरण बज्राचार्यले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मिडवाइफ्री शिक्षा अनिवार्य रहेको बताउनुभयो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि मिडवाइफ्री शिक्षा अध्यापन गर्ने तयारी भइरहेको बताइएको छ

उपकुलपति वाग्लेले भन्नुभयो – “गर्भवती र नवजात शिशुको अकालमा हुने मृत्युदर रोक्न मिडवाइफले ठूलो भूमिका खेल्ने भएकाले नेपालमा यसको आवश्यकता छ भने कर्णाली क्षेत्रमा अझै यसको जरुरत छ ।”

तीन वर्षमा उत्पादन हुने मिडवाइफका लागि स्वास्थ्य संस्थामा छुट्टै दरबन्दी सिर्जना गरी व्यवस्थापन गर्ने जिम्मेवारी मन्त्रालयको भएकाले ढुक्क भएर अध्ययन गर्न विद्यार्थीलाई मिडवाइफ्री सोसाइटी अफ नेपालले आग्रह गरेको छ ।

अहिले पनि गाउँमा दक्ष चिकित्सकको उपलब्धता नहुने विद्यमान रहेकाले एउटा दक्ष मिडवाइफले स्वास्थ्यको पहुँच नपुगेका महिलालाई ठूलो राहत पु¥याउन सक्ने विश्वास लिइएको छ ।

अध्यक्ष बज्राचार्यले भन्नुभयो – “अहिले पनि ठूलो सङ्ख्यामा गर्भवती घरमै सुत्केरी हुने भएकाले आमा र नवजात शिशुको मृत्युदर रोक्न सकिएको छैन । त्यसकारण मिडवाइफको खाँचो हरेक गाउँ र स्वास्थ्यको पहँुच नपुेका स्थान अझ बढी छ ।”

मिडवाइफ्री अध्ययनका लागि हाललाई स्टाफ नर्सलाई अध्ययन गर्न लगाइएको बताइन्छ । यसका लागि तीन वर्षमा करिब रु तीन लाख खर्च लाग्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter