डिजेल, पेट्रोल, मट्टितेल प्रतिलिटर डेढ रुपैयाँ घट्यो

The Wider Image: Fuel prices around the worldनेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगम प्रवक्ता सीताराम पोख्रेलका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ पचास पैसा मूल्य घटाइएको हो । घटेको मूल्य शुक्रबार रातिबाट लागू हुनेछ ।

उनका अनुसार नयाँ मूल्य कार्यान्वयनमा आएपछि उपभोक्ताले पेट्रोल एक सय रुपैयाँ र डिजेल तथा मट्टितेल ७६ रुपैयाँ प्रतिलिटरमा उपभोक्ताले खरिद गर्न सक्नेछन् । तराईका उपभोक्ताले भने यो मूल्यमा एक रुपैयाँ ५० पैसा सस्तोमा खरिद गर्न पाउँछन् ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले शुक्रबार नयाँ मूल्य पठाएको र मूल्य घटेर आएका कारण नेपाली बजारमा पनि घटाएको उनले जानकारी दिए । मूल्य घटे पनि आयल निगमले १५ दिनमा ३८ करोड नाफा आर्जन गर्ने लक्ष्य राखेको छ ।

भारतमा भन्दा सस्तो

मूल्य घटेपछि तराईस्थित सीमावर्ती बजार र भारतीय सीमा क्षेत्रको मूल्यमा अन्तर बढेको छ । प्रवक्ता पोख्रेलका अनुसार नेपालपट्टी पेट्रोल ११ रुपैयाँ र डिजेल तथा मट्टितेल समान १९ रुपैयाँ प्रतिलिटर सस्तो पर्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter