नेपालीे बुलेटबाट ग्यास ल्याउन कूटनीतिक पहल गर्नुपर्छ

gas bulletकाठमाडौँ, असार ८ गते । नेपाली नं प्लेटकोे बुलेटबाट एलपी ग्यास ल्याउनमा देखिएको समस्या समाधान गर्न नेपाल सरकारले भारतसँग कूटनीतिक पहल गर्नुपर्ने सुझाव सांसदहरुले दिएका छन् ।

व्यवस्थापिका–संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिअन्तर्गत गठित आपूर्ति तथा उपभोक्ता हित उपसमितिको आजको बैठकमा सांसदहरुले सो सुझाव दिएका हुन् ।

कूटनीतिक तहबाट पहल नगरे नाकाबन्दीमा भन्दा पनि बढी ग्यासको समस्या आउन सक्ने र मङ्सिर १५ गतेपछि ग्यास नआउन सक्नेतर्फ पनि उनीहरुले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

१५ मङ्सिर २०७४ (सन् २०१७ नोभेम्बर) सम्म सबै भारतीय नं प्लेटका ग्यास बुलेटको स्थानमा नेपाली नं प्लेट भएका बुलेट सञ्चालनमा ल्याउने सहमति नेपाल एलपिजी ग्यास उद्योग सङ्घ र इन्डो नेपाल बल्क एलपिजी ट्रान्सपोर्ट एसोसियसनबीच २०७३ असोज २ गत भएको थियो । तर भारतले नेपाली नं प्लेटका बुलेटलाई ग्यास बोक्न एक्सप्लोसिभ कानुनअनुसार अनुमति नदिएपछि मङ्सिरदेखि ग्यास बुलेट नआउने भएको देखिन्छ ।

उपसमितिका संयोजक सुवासचन्द्र ठकुरीले नेपाली उद्योगी व्यवसायीमार्फत आयात हुने खाना पकाउने एलपी ग्यास बुलेट सञ्चालनका लागि भारतीय निकायबाट प्राप्त हुनुपर्ने अनुमति लामो समयसम्म नपाइएको गुनासो आएको बताउनुभयो ।

“दुई देशबीच रहेको असल सम्बन्धका आधारमा नेपालले विगत वर्षदेखि नै पेट्रोल, डिजेल, हवाइ इन्धन र एलपी ग्यास आयात गरिरहेका सन्दर्भमा आपूर्ति मन्त्रालयसँगको समन्वयमा परराष्ट्र मन्त्रालयले प्रभावकारी कूटनीतिक पहल गरी भारतीय आयल निगमबाट ढुवानी गर्ने बुलेट सञ्चालनका लागि आवश्यकपर्ने अनुमति लिई दिने काममा सहजीकरण गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिइएको छ”– बैठकको निर्णय सुनाउँदै उहाँले भन्नुभयो ।

यसका लागि आवश्यक पहल र समन्वय गर्न उपसमितिले आपूर्ति मन्त्रालय र नेपाल आयल निगमलाई पनि निर्देशन दिएको छ । यसको नियमित प्रगति बुझी आवश्यक समन्वय र सहयोग गर्ने निर्णय पनि आजको उपसमिति बैठकले गरेको छ ।

बैठकमा सांसद अनन्त पौडेल, राज्यलक्ष्मी श्रेष्ठ, दिलमान पाख्रिन र रामवीर मानन्धरले ग्यास भण्डारण गर्ने स्थान खरिद गर्न आयल निगमको ध्यान गए जस्तै बुलेटमा पनि ध्यान जानुपर्ने, व्यापारी–व्यापारीबीच सम्झौता गरेर देशलाई सङ्कटमा पार्न नहुनेमा जोड दिनुभयो ।

आपूर्ति मन्त्रालयका सचिव प्रेमकुमार राईले राजनीतिक नेतृत्वबाटै समस्या समाधानको पहल हुनुपर्ने बताउनुभयो । परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गानाले मङ्सिरअघि नै समस्या समाधान गर्नेगरी पहल भइरहेको जानकारी गराउनुभयो ।

नेपाल आयल निगमका निमित्त कार्यकारी अधिकृत सुशील भट्टराईले पटक पटक पत्राचार गर्दा पनि नेपाली नं बुलेटले ग्यास बोक्ने अनुमति पाउन नसकेको सुनाउनुभयो ।

नेपाल एलपिजी ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले व्यवसायीकातर्फबाट पटक पटक पहल गर्दा पनि अनुमति पाउन नसकिएकाले सरकारीस्तरबाट महत्वका साथ कदम अघि बढाइनुपर्ने माग गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter