• Monday, June 16, 2025

स्वस्थ्य प्रतिस्पर्धा गर्न आग्रह

janardan-sharmaविराटनगर, असार ८ गते । गृहमन्त्री जनार्दन शर्माले भयररहित वातावरणमा मतदातालाई ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभएको छ ।

प्रदेश नं १ को क्षेत्रीय सुरक्षा गोष्ठीको समापनका अवसरमा यहाँ आज आयोजित पत्रकार भेटघाटमा उहाँले उम्मेदवारहरुलाई स्वस्थ्य प्रतिस्पर्धा गर्न र मतदाताको मन जित्न सुझाव दिनुभयो । उहाँले प्रदेश नं १ को सुरक्षा व्यवस्था चुस्त रहेको बताउँदै निर्वाचनका समयमा देखिएका चुनौतीमध्ये भौगोलिक विकटता, मौसमी प्रतिकूलता र अपराधिक गतिविधिलगायत विषयमा गोष्ठीमा छलफल गरी समाधानको उपायबारेमा ठोस सुझाव प्राप्त भएको जानकारी दिनुभयो ।

गोष्ठीमा प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, नेपाली सेनाका बलाधिकृतरथी बलदेवराज महत, निर्वाचन आयुक्त नरेन्द्रराज दाहाल, मुख्य अनुसन्धान निर्देशक दिलेन्द्रराज रेग्मी र पूर्वाञ्चलका क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह तथा प्रदेश नं १ का १४ जिल्लाका प्रजिअ, प्रहरी प्रमुखलगायत सुरक्षा निकायका पदाधिकारीको सहभागिता थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter