विद्युत्को सेवा लिन अझै ४० प्रतिशत बाँकी

Electricityरसुवा, असार ९ गते । हिमाली जिल्ला रसुवाको दूरदराजका ४० प्रतिशत ग्रामीणवासीले अझै विद्युत् सेवाको उपभोग गर्न पाएका छैनन् । गोसाइँकुण्ड गाउँपालिकाको चन्दनबारी गरदागाङ, लाङटाङ, उत्तरगयाको तिरु, नौकुण्डगापाको आरुखर्क, सिङबन्दी, दोकलाङ, राजाङबच्चा र घोमुगाउँको केही भागमा अझैसम्म विद्युत्को व्यवस्था नहुँदा २१औँ शताब्दीका नागरिक अझै पनि अन्धकारमा बस्नु परेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो ।

भूकम्पपछि अद्यावधिक तथ्याङ्कले रसुवा जिल्लाको धुरी सङ्ख्या ११ हजारको हाराहारीमा देखाए पनि नेपाल विद्युत् प्राधिकरणको तथ्याङ्कले घरघरमा विद्युत् मिटर जडान गर्नेको सङ्ख्या ६ हजार ६७३ रहेको बताउँदै प्राधिकरण रसुवा शाखा प्रमुख सोभितबहादुर क्षेत्रीले लाङटाङ र तिरुबाहेक अन्य क्षेत्रमा विद्युत् लाइन जडानको प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो । विद्युत् मिटर माग गर्ने ग्राहकलाई तुरुन्तै जडान गर्दैआएको प्राधिकरणले जनाएको छ । रासस

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*
Advertise Section 7

TOP NEWSview all

Clean Nepal is possible as over 23 million people are willing to contribute: Khem Sharma

Even though it’s late, victims will get something from the commission: Subedi

Cecil and Harambe; a lesson for Himalayan Republic

Trip Down under

We want real conversion of our students beyond religion: Fr. Boniface Tigga, Regional Superior of Nepal Jesuit Society




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Pratibedan Baidya