• Monday, June 16, 2025

अलैँचीको बेर्ना नर्सरीमै हुर्किने किसानलाई चिन्ता

Alaichiचरिकोट, असार ९ गते । स्थानीय अलैँचीका बिरुवाले बजार नपाउँदा दोलखाली किसान निराश हुन थालेका छन् । गत वर्ष अलैँचीमा राम्रो मूल्य पाएका किसानहरू यस वर्ष कम मूल्यमा पनि बिक्री नहुँदा निराश हुनु परेको भीमेश्वर नगरपालिका हालको एक नम्बर वडाका अलैँची किसान बलराम शिवाकोटी दुखेसो गर्नुभयो ।

गत तीन वर्ष यता अलैँची बिक्रीमा केही कमी आएकाले किसानहरू दिनप्रतिदिन निराश हुँदै गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, प्रतिकिलो दुई हजार पाँच सयमा बिक्री भएको अलैँची गत साल एक हजार रुपियाँमा पनि मुश्किलले बिक्री भएकोमा उहाँ चिन्तित हुनुहुन्छ ।

गत वर्ष प्रतिगोटा सात रुपियाँमा बिरुवा बिक्री गरेका किसानले यस वर्ष बजार पाउन सकेका छैनन् । न्यूनतम मूल्य पाएमा पनि आपूmसँग १० लाख रुपियाँ बराबरका बिरुवा भएको बताउनुहुने अर्का किसान तिलकबहादुर थामीले चिन्तित हुँदै भन्नुभयो, अहिलेसम्म कहीँ कतैबाट उत्पादित बिरुवाको माग आएको छैन । नर्सरीमै बिरुवा हुर्कने हो कि भन्ने चिन्ताले सताउन थालेको छ ।

सैलुङ गाउँपालिका–७ फस्कुका बालकृष्ण श्रेष्ठको पनि उस्तै चिन्ता छ । उहाँले गत वर्षमा राम्रो मूल्य पाएपछि अलैँची नर्सरी वृद्धि गर्नुभएको थियो तर यस वर्ष अलैँचीको बेर्ना बिक्री नै भएन ।

निर्वाचित जनप्रतिनिधिहरूले किसानका लागि पहिलो प्राथमिकता राखेर अलैँचीको बजारीकरण गरिदिनुपर्ने उहाँले बताउनुभयो । तामाकोसी गाउँपालिका–२ का किसान टपेन्द्र कार्कीले अलैँची बिरुवाको माग दिनप्रतिदिन घट्दै गएको बताउँदै एक्कासि यसरी बजार नपाउँदा उत्पादित दुई लाख बिरुवा खेर जान थालेको दुखेसो पोख्नुभयो ।

अहिले यहाँ ६५ भन्दा बढी नर्सरीमा डेढ करोडभन्दा बढी बिरुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । ४८ मेट्रिकटन अलैँची उत्पादन भएकोमा भाउ नपाएका कारण २५ मेट्रिकटन मात्र बिक्री भएको छ । कार्यालयको अभिलेख अनुसार गत वर्ष ३५ लाख बिरुवा उत्पादन भएको थियो । अनुदान वितरणका लागि कार्यालयले साढे चार लाख बिरुवा खरिद गरेको थियो । यस वर्ष साढे तीन हेक्टरमा अलैँची खेती गरिएकोमा ४८ मेट्रिकटन उत्पादन भएको थियो । यसपालि पाँच सय हेक्टरमा अलैँची खेती गर्ने तयारीमा रहेको वरिष्ठ कृषि विकास अधिकृत नारायणकुमार श्रेष्ठले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter