• Monday, June 16, 2025

पर्वतारोहण सङ्घको नेतृत्वका लागि दौडधुप

NMAकाठमाडौँ, असार ९ गते । पर्वतीय पर्यटनको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को आगामी नेतृत्वबारे चर्चा चुलिएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा समेत प्रतिष्ठित सङ्घको नेतृत्वका लागि आकाङ्क्षी उम्मेदवारले दौडधुप र प्रचार तीव्र पारेका छन् । निर्वाचन आउन करिब एक महिनाअघि नै आकाङ्क्षीले प्रचारप्रसार थालेका हुन् ।

सङ्घको साधारणसभा आगामी जुलाई २९ तारिख (साउन १४ गते) लागि तोकिएको संस्थाले जनाएको छ । सङ्घको आठौँ साधारणसभाबाट अध्यक्षसहित पदाधिकारी गरी २५ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ । निवर्तमान उपाध्यक्ष जिङ्बाजम्बु शेर्पा, वर्तमान उपाध्यक्ष सन्तवीर लामा, भूमिलाल लामा, जेपी लामालगायत अध्यक्षको प्रत्यासीका रुपमा चर्चामा हुनुहुन्छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणसँग जोडिएको एनएमएको छवि अन्तर्राष्ट्रिय जगत्मा चर्चित छ । विश्वभरका पर्वतारोहीले एनएमएलाई नेपालको हिमाली पर्यटनबारे जानकारी लिने, समन्वय गर्ने तथा पर्वतारोहणसम्बन्धी आवश्यक तालिम र उपकरण सेवा उपलब्ध गराउने संस्थाका रुपमा लिने गरेका छन् ।

आगामी नेतृत्वबारे प्रचारबाजी र हानाथाप भइरहेको सन्दर्भमा वर्तमान अध्यक्ष आङछिरिङ शेर्पासँग जिज्ञासा राख्दा उहाँले एनएमएको छवि र गरिमालाई उचो बनाउन आपसी प्रचारबाजी र विवादभन्दा पनि निष्पक्ष प्रतिस्पर्धा हुुनुपर्ने बताउनुभयो ।

“यो संस्था अन्तर्राष्ट्रिय रुपमा पनि प्रतिष्ठित छ, यसमा अनुभवी, सक्षम व्यक्ति निष्पक्ष ढङ्गले आउनुपर्छ” – उहाँले भन्नुभयो ।

हिमाली क्षेत्रमा १३ वटा शाखा कार्यालय रहेको एनएमएले वार्षिक पर्वतारोहणसम्बन्धी विभिन्न तालिम, पर्वतारोहण उद्धार, ‘आइस क्लाइम्बिङ’, ‘स्की माउन्डेनरिङ’, ‘माउन्टेन रिडर कोर्स’, खेलकुदलगायतका प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter