आयुर्वेद चिकित्सक डा. रोका सम्मानित

Dr Sammanitकाठमाडौँ , असार १० गते । आयुर्वेदिक क्षेत्रको विकास र विस्तारमा योगदान पु¥याएवापत त्रिभूवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान अन्तर्गत आयुर्वेद केन्द्रीय क्याम्पसका प्रमुख प्रा. डा. देव बहादुर रोकालाई सम्मान गरिएको छ । क्रिएटिभ क्लबद्वारा आयोजित कार्यक्रममा त्रिविकी शिक्षाध्यक्ष प्रा. डा. सुधा त्रिपाठीले उनलाई सम्मान गरेकी हुन् ।

डा. रोका नेपालमा काय चिकित्साका वरिष्ठ चिकित्सक हुन् । वि.स. २०१६ सालमा स्याङजा जिल्लामा जन्मिएका रोका विगत ८ वर्षदेखि आयुर्वेद क्याम्पस प्रमुखका रुपमा कार्यरत छन् । कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ वालरोग विशेषज्ञ तथा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व सहायक डिन डा. शिवमंगल प्रसाद, आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायलगायतले डा. रोकाको योगदानको प्रशंसा गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी त्रिपाठीले नपालमा आयुर्वेद क्षेत्रको उत्थानका लागि गतिशील र क्षमतावान् प्राध्यापकहरुलाई आयुर्वेद क्याम्पसको नेतृत्वमा ल्याउनु समयको माग भएको धारणा व्यक्त गरेकी थिइन् । सम्मान ग्रहणपछी डा. रोकाले आयुर्वेद जगत्को विकासमा थप उर्जाका साथ लाग्ने प्रतिवद्धता जाहेर गरे । आयुर्वेद क्याम्पसलाई भ्रष्ट र विकृत नेतृत्व होइन्, आयुर्वेद जगत्मा योगदान पुर्‍याएका, समयानुकूल आयुर्वेद क्षेत्रको विकास गर्न सक्ने नेतृत्वको आवश्यकता रहेको कुरा डा. शिवमंगल प्रसादले कार्यक्रममा बताएका थिए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter