‘चलिए पोखरा’अभियानको टोली भारत प्रस्थान

Pokharaपोखरा, असार १६ गते । भारतीय पर्यटकलाई लक्षित गरी पश्चिमाञ्चल होटल सङ्घको ‘चलिए पोखरा’ अभियानको एक टोली आज भारत प्रस्थान गरेको छ । टोलीमा पोखरा र लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्डका अधिकारी र सञ्चारकर्मी गरी ३० जनाको सहभागितो छ ।

विनाशकारी भूकम्प, नाकाबन्दी र तराई–मधेश आन्दोलनले प्रभावित गरेको पर्यटनलाई उकास्न अभियानले सघाउने विश्वास लिइएको छ ।

टोलीले लखनउ, कानपुर, वनारस, गोरखपुर, इलाहावाद, र फैजावादमा पोखरा र यस वरपरका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गर्ने र भारतीय पर्यटकलाई विशेष प्याकेजका साथ पोखरा भ्रमणका लागि निम्तो दिने अभियानको उद्देश्य रहेको सङ्घका महासचिव गणेशराज पहारीले बताउनुभयो ।

पत्रकार सम्मेलन र द्विपक्षीय व्यापारिक भेटघाटका कार्यक्रमका साथ प्रचारात्मक गतिविधि अगाडि बढाउने योजना अभियानको टोलीले समेटेको छ । ४० डिग्री भन्दा बढीको तापक्रम रहेका भारतीय जनता उकुसमुकुसबाट मुक्त भई केही दिन भए पनि आनन्द लिनका लागि पोखरा उपयुक्त गन्तव्य हुनसक्ने विश्वास लिइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter