राजधानीलाई तराई–मधेससित जोड्ने द्रुतमार्ग समयमै पूरा हुने

KTM Tarai fast trackकाठमाडौँ, असार १६ गते । राजधानीलाई तराई–मधेससित जोड्ने काठमाडौँ–निजगढ द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा आगामी चार वर्षमा निर्माण हुनेभएको छ । मुुलुकको आर्थिक, सामाजिक र रणनीतिक महìवको यो मेगा आयोजना निर्माणको थालनीको आवश्यक तयारी प्रारम्भ भइसकेको जानकारी नेपाली सेनाले दिएको छ । द्रुतमार्गका लम्बाइ ७२.२ किलोमिटर हुने छ ।

सैनिक मुख्यालयमा बिहीबार आयोजित आयोजना समीक्षा कार्यक्रममा दु्रत सडकले नेपाललाई छिमेकका दुई ठूला अर्थतन्त्रसित जोड्न सहयोगसमेत पुग्ने भएकाले मुलुकको समृद्धिका लागि अत्यन्तै महìवपूर्ण भएको बताइयो । चालू आर्थिक वर्षका निम्ति विनियोजन गरिएको बजेटबाट आयोजनाका लागि आवश्यक पर्ने सरसामग्री खरिद प्रक्रिया थालनी भइसकेको जानकारी दिइयो । आयोजनका गति अगाडि बढाउन स्थलगत रूपमा सेनाको विशेषज्ञ टोलीले अध्ययन अवलोकन गरिसकेको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले गएको जेठ १४ गते बाराको निजगढमा एक समारोहका बीच दु्रतमार्गका उद्घाटन गर्नुभएपछि द्रुतमार्ग निर्माणको व्यवस्थापकीय कार्यलाई नेपाली सेनाले व्यापकता दिएको हो ।

यसअघि तयार गरिएको विस्तृत परियोजना प्रतिवदेन (डीपीआर) नै प्रयोग गर्ने वा नयाँ डीपीआर तयारी गरी त्यसअनुरूप परियोजनाअगाडि बढाउने भन्ने विषय चाँडै निर्णय हुने जानकारी दिँदै समीक्षा कार्यक्रममा आयोजना सञ्चालन गर्दा प्रभावित स्थानीय जनताको शिक्षा, स्वास्थ्य, सामाजिक विकास, रोजगारीलगायतका विषयलाई ध्यान दिइने जनाइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले विगतमा विभिन्न समस्या आए पनि ती समस्यालाई चिर्दै नेपाली सेनाको व्यवस्थापनमा दु्रत सडक निर्माण जिम्मेवारी आएपछि अब निर्धारित समयमै आयोजना पूरा हुने सुनिश्चित भएको बताउनुभयो ।

कुन मोडलमा कसरी आयोजना बनाउने भन्ने केही वर्षदेखिको अन्योल चिर्दै मन्त्रिपरिषद्को गत वैशाख २१ गतेको निणर्यले नेपाली सेनालाई दु्रतमार्ग निर्माणको जिम्मेवारी दिएको थियो ।

यसअघि एक खर्ब रुपियाँभन्दा बढी लागत अनुमान गरिएको यो दु्रतमार्गका नयाँ लागत भने डीपीआरको एकीन भएपछि मात्र टुङ्गो लाग्ने छ । नेपालीको आर्थिक समृद्धिका लागि दु्रतमार्ग महìवपूर्ण हुने छ, उपाध्यक्ष श्रेष्ठले नेपाललाई सन् २०२२ सम्म अति कम विकसित मुलुकबाट विकाशील मुलुकमा स्तरोन्नति गर्नुका साथै सन् २०३० सम्म नेपाललाई मध्यम आय भएको मुलुक बनाउन दु्रतमार्गले प्रभावकारी भूमिका निर्वाह हुनेछ ।

कार्यक्रममा प्रधान सेनापति राजेन्द्र क्षत्रीले देशको आर्थिक, सामाजिक र रणनीतिक महìवको यो सडक निर्माणका लागि नेपाली सेनाले जिम्मेवारी पाउनु गौरवको विषयको भएको भन्नुहुँदै निर्धारित समयमै सडक निर्माण पूरा हुनेछ भन्नुभयो । यो सडकका ‘ट्रयाक’ खोल्ने कार्य नेपाली सेनाले नै गरेको स्पष्ट गर्दै प्रधानसेनापति क्षत्रीले निर्माणका कार्य चुनौतीविहीन नरहेको तर राष्ट्रिय महìवको यो आयोजनालाई सबै पक्षको सहयोगले पूरा गर्न नेपाली सेना प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो ।

त्यसक्रममा आयोजना प्रमुख एवं नेपाली सेनाका रथी योगेन्द्रबहादुर खाँडले दु्रतमार्ग निर्माणमा भइरहेका कार्यहरू विवरण प्रस्तुत गर्दै देशभित्रैकै क्षमता र व्यवस्थापन सम्पन्न हुने कार्य आन्तरिक रूपमै र त्यसरी सम्पादन हुन नसक्ने कार्यहरूलाई बाह्य व्यावसायिक सहयोगमा पूरा गरिनेछ भन्नुभयो । कार्यक्रममा नेपाली सेनाका बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले दु्रतमार्ग निर्माणका लागि कार्यविधि आइसकेको तर त्यसका लागि विशेष ऐन बन्न सके अझ प्रभावकारी हुने बताउनुभयो । कार्यक्रममा राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीलगायत द्रुतमार्ग निर्माणमा सरोकार राख्ने उच्चपदस्थ कर्मचारीहरूको उपस्थिति थियो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आर्थिक, सामाजिक र सांस्कृतिक हिसाबले मात्र नभएर मनोविज्ञान र राजनीतिक महìवका रूपमा रहेको दु्रतमार्ग हिमाल, पहाड र तराईलाई जोड्ने नमुना सडकका रूपमा रहनेछ भन्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter