एक महिनादेखि भन्सारमै मालवाहक कन्टेनर

goods coming to Nepal from Sunauliहेमनाथ खतिवडा / रसुवा, भदौ १६ गते । रसुवागढी भन्सारमा केरुङबाट आएका मालबाहक कन्टेनर एक महिनादेखि अलपत्र परेका छन् । भर्खरै घोषित अन्तर्राष्ट्रिय नाकामा कारोबार मूल्य तोक्ने विषयमा कर्मचारी र व्यापारीबीच समझदारी हुन नसकेपछि झण्डै हजार गाडी अलपत्र परेका हुन् ।

सरकारले चालु आवका लागि गतवर्षको तुलनामा राजस्व लक्ष्य वृद्धि गरेपछि भन्सार दरमा पनि वृद्धि गरिएको थियो । हाल व्यापारी र भन्सार कर्मचारीबीच दररेटमा भएको फेर बदलमा कुरा नमिलेपछि दसैं तिहारजस्ता चाडबाडका लागि व्यापारीले ल्याएका सामान नाकामा अलपत्र परेका छन् । रोकिएका वस्तुमा तयारी पोसाक, कम्प्युटर पार्टस्, फर्निचर, ब्याग, कस्मेटिक, विद्युत्का सामान रहेका छन् ।

व्यापारीले भन्सार तिरेर सामान नछुटाएकोले केही गाडी बाँकी रहेका र केही कन्टेनर भन्सार तिरेर भित्रिने क्रममा रहेको भन्सार कर्मचारीको भनाइ रहेको छ । केही स्याउ बोकेका बाहेक धेरै कन्टेनर नेपाल–चीन सिमाना रसुवागढी वारिपारि तथा केरुङ र रसुवागढी भन्सारको यार्डमा थन्किएको धुन्चेका व्यापारी सञ्जीव आमात्यले बताउनुभयो । व्यापार गरेर खाने वातावरण नै छैन । सामान लिन जाँदाको दरमा सामान लिएर आउँदा एक्कासि वृद्धि हुन्छ । kerung

व्यापारीले घोषणा गरेको मूल्य र गुणस्तरको आधारमा सामग्रीको मूल्याङ्कन गर्ने कानुनी व्यवस्था छ तर व्यापारीबाट नै सामानको मूल्य घोषणा गर्न ढिलाइ भएकोले कहिलेकाहीँ ढिलाइ हुने गरेको भन्सार प्रमुख केदार पनेरु बताउनुहुन्छ । गत महिना चिनियाँ एजेन्टसँगको विवाद मिलाउन नसकेर केही समय कारोबार बन्द भयो । अहिले कन्टेनर भित्रिने क्रममा छन् । भन्सार पुस्तिकामा तोकिएको अनुसार मूल्याङ्कन हुन्छ ।

गत आवमा दुई अर्ब ९२ करोड असुली भएकोमा चालु आवमा तीन अर्ब ३६ करोड लक्ष्य रहेको र आंशिक असर परे पनि काम भइरहेको प्रमुख भन्सार अधिकृत पनेरुले दावी गर्नुभयो ।

एक गाडी सामानको २५÷२५ लाख भन्सार तिर्नुपर्ने हुन्छ व्यापारी र भन्सार टिमका बीच समझदारी हुनसकेन– व्यापारी नवराज तिम्सिनाले भन्नुभयो ।

साविकको भन्दा एक्कासि मूल्य सूची बढेपछि समस्या आएको व्यापारीको गुनासो छ । पहिले जसरी मालबाहक गाडीहरू आउन छाडेको एक महिना सात दिन भयो नाकाबाट नेपाल केरुङ चीन व्यापार सङ्घका सचिव मुकुन्द पौडेलले भन्नुभयो, भन्सार महसुलका कारण व्यापार गरेर खान नसक्ने अवस्था भयो । यसरी गाडी रोकिएपछि कसरी किस्ता तिर्ने भन्ने प्रश्न गर्दै सामान खन्याएर फर्कन पनि मिलेन रसुवागढी नाकामा समस्या सिर्जना गरेर बदनाम गराउन खोजेको आरोप लगाउनुभयो ।

सिन्धुपाल्चोकको जुरे पहिरोपछि ०७१ म्ङ्सिर १५ गते यो नाका औपचारिक रूपमा खुल्ला भएकोमा ०७२ वैशाख १२ को विनाशकारी भूकम्प पछिको पहिरो र भारतको नाकाबन्दीको समयमा चीनबाट इन्धन आयात भएको थियो । यो नाका राजधानीबाट केरुङ १४८ किमी टाढा छ । रसुवागढी नाका हुँदै केरुङबाट सिगात्से ५४८ किमी टाढा छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter