प्रदेशसभा र प्रतिनिधिसभा गठनसम्बन्धी विधेयक पारित; चुनावी गाँठो फुक्यो

Electionकाठमाडौँ, भदौ १९ गते । राज्य व्यवस्था समितिको आजको बैठकले प्रदेशसभा र प्रतिनिधिसभा गठनसम्बन्धी विधेयक पारित गरेको छ ।

नेपालको संविधान, २०७२ को धारा १७६ ले प्रदेशसभा र धारा ८४ ले प्रतिनिधिसभा गठनसम्बन्धी व्याख्या गरेको छ ।

नेपाली काँग्रेसका राधेश्याम अधिकारी, शंकर भण्डारीलगायतका सांसदले भ्रष्टाचारीलाई चुनाव लड्न दिनुपर्ने संशोधन प्रस्ताव फिर्ता लिएपछि विधेयक पास भएको हो ।

यसअघि नेपाली काँग्रेसका १९ सांसदले भ्रष्टाचारसम्बन्धी अभियोग प्रमाणित भएका व्यक्तिले तीन वर्षपछि चुनाव लड्न चाहेमा उनीहरुको अधिकार सुनिश्चित हुनुपर्ने भन्दै राज्य व्यवस्था समितिमा संशोधन विधेयक दर्ता गरेका थिए ।

सरकारले प्रदेश र प्रतिनिधिसभाको चुनाव मंसिर १० र २१ गते गर्ने निर्णय गरिसकेको थियो । यद्यपि निर्वाचनसम्बन्धी कानून नभएकाले चुनावको तयारी प्रभावित थियो ।

राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीको अध्यक्षतामा बसेको बैठकले आजै उक्त विधेयक संसद्मा पेश गर्ने भएको छ ।

आजको बैठकमा गंगालाल तुलाधार, ईश्वरी न्यौपाने, विक्रमबहादुर थापा, आनन्दप्रसाद ढुंगाना, रेखा शर्मा, वामदेव गौतमलगायत सांसदले विधेयक सम्बन्धमा धारणा राख्नुभएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter