• Tuesday, June 10, 2025

पहिलो चरणमा करिब एक हजार चार सय कर्मचारी सरुवा

government logoकाठमाडौँ,असोज ४ गते । सामान्य प्रशासन मन्त्रालयले पहिलो चरणको कर्मचारी सरुवा प्रक्रिया टुङग््याएको छ ।

पहिलो चरणमा मन्त्रालयले करिब एक हजार ४२४ कर्मचारी सरुवा गरेको मन्त्रालयका कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत लीलाराज काफ्लेले जानकारी दिनुभयो ।

उहाँले पहिलो चरणमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नियमित अन्तर्गतका विभिन्न मन्त्रालय, निकायमा सरुवा गरिएको बताउनुभयो ।

यसपटक मन्त्रालयले नियमित सरुवाभन्दा पनि स्थानीय विकास मन्त्रालयमा बढी कर्मचारीको सरुवा गरेको छ । काफ्लेका अनुसार उपसचिव ११७ र अधिकृत ८० जना स्थानीय विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तै नायब सुब्बा ७६६ र खरिदार ४६१ सरुवा गरिएका छन् । ती सरुवा सबै निर्वाचन आयोगको सहमतिमा मन्त्रालयले गरेको हो । उहाँले सरुवा गरिएका कर्मचारीले पत्रसमेत लिन थालिसकेको बताउनुभयो ।

मन्त्रालयले आचारसंहिता लागेका कारणले अत्यावश्यकबाहेक अन्यमा विगत जस्तै नियमित सरुवा भने गरेको छैन । निर्वाचन आयोगले भदौमा १२ र १४ गते मन्त्रालयले गरेको सरुवा अत्यावश्यक ठाउँमा गरेको भन्दै फुकुवा गरेको थियो ।

शाखा अधिकृत काफ्लेका अनुसार स्थानीय विकास मन्त्रालयले थप स्थानीय तहलाई कर्मचारी माग गरेको खण्डमा मन्त्रालयले पठाउने तयारी समेत गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter