• Wednesday, June 11, 2025

राजपत्रमा प्रकाशित सूचना मोबाइलबाटै

Nepal Gazatteकाठमाडौँ,असोज ४ गते । अब नेपाल राजपत्रमा प्रकाशित सूचना मोबाइलमै हेर्न पाइने भएको छ । विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागले ‘मोबाइल एप्लिकेशन’ निर्माण गरेसँगै सबै सूचना तथा जानकारी मोबाइलबाट हेर्न सकिने व्यवस्था गरेको हो ।

उक्त मोबाइल एप्लिकेशनमा पुराना तथा नयाँ राजपत्र सजिलै पढ्न सकिनुका साथै राजपत्रमा प्रकाशित सामग्रीको विषय वा प्रकाशनको मितिबाट आफूले खोजेको राजपत्र खोजन् सकिने व्यवस्था गरिएको छ ।

चाँडै नै यो एप्लिकेशनमा सरकारका विभिन्न निकायबाट जारी हुने प्रेस–विज्ञप्तिसमेत उपलब्ध गराइने विभागका निर्देशक लोकराज शर्माले जानकारी दिनुभयो ।

“यो एप्लिकेशनमा अहिले १० वर्ष अगाडिदेखिका राजपत्रमा प्रकाशित सूचनालाई समावेश गरिएको छ, आगामी दिनमा यसलाई अझ अगाडि बढाएर लैजान्छौँ,”–निर्देशक शर्माले भन्नुभयो ।

मुद्रण विभागले बनाएको राजपत्रलाई उक्त विभागसँग समन्वय गरेर सूचना प्रविधि विभागले मोबाइल एप्लिकेशन मार्फत बाहिर ल्याएको हो । उक्त विभागले राजपत्रमा छापिएको सूचनालाई २४ घण्टामा मोबाइल एप्समा समाबेश गरिसक्ने जनाएको छ ।

यसभन्दा अगाडि राजपत्रमा प्रकाशित सूचनालाई मुद्रण विभागले आफ्नो वेभसाइटमा राख्दै आएको थियो । मोबाइल एप्लिकेशनमा राख्न लागेको भने यो पहिलोपटक हो ।

उक्त एप्लिकेशन शुभारम्भ गर्दै विज्ञान तथा प्रविधिमन्त्री दीपक बोहराले प्रविधिको युगमा यस्ता एप्लिकेशनले ठूलो महत्व राख्ने बताउनुभयो । उहाँले एप्लिकेशनमा सम्पूर्ण सूचना राखेर कागजविहीन मन्त्रालय निर्माण गर्न सकेमात्र यस्ता एप्लिकेशन तथा वेभसाइट निर्माणले सार्थकता पाउने बताउनुभयो ।

मन्त्री बोहराले विदेशमा विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गरेका नेपाली वैज्ञानिकलाई स्वदेशमा ल्याउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले मुद्रण विभागबाट राजपत्रमा प्रकाशित सूचनालाई मोबाइल एप्लिकेशन मार्फत आम जनतासमक्ष पु¥याउन विभागले गरेको कामको प्रशंसा गर्नुभयो । उहाँले मोबाइल लिनेको संख्या बढ्दै गएको अवस्थामा यो एप्लिकेशनले सार्थक रुप लिने स्पष्ट पार्नुभयो ।

विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा सञ्जय शर्माले सार्वजनिक सेवालाई चुस्त र दुरुस्त बनाउने उद्देश्यका साथ यो एप्लिकेशन प्रयोगमा ल्याइएको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter