• Wednesday, June 11, 2025

गोरखाबाट ल्याएर चितवनमा फूलपाती भित्र्याइने

Dashain Tikaचितवन, असोज ५ गते । संस्कृतिको संरक्षण र धार्मिक पर्यटन विकासका लागि चितवनको पटिहानीमा विधिपूर्वक फूलपाती भित्र्याइने भएको छ । धार्मिक पर्यटकीय क्षेत्र पटिहानीस्थित छितामाई मन्दिरमा गोरखाबाट ल्याएर विधिपूर्वक फूलपाती भित्र्याउन लागिएको हो ।

आज घटस्थापनाको दिनमा दुर्गा भवानीको मन्दिर स्थापना गरी पूजा आरम्भ गरिएको छितामाई तथा दुर्गापूजा एवं दशैँ सांस्कृतिक मेला प्रचार समितिका संयोजक अपिल घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि यहाँ नियमित पूजा गरिनेछ । फूलपातीको अघिल्लो दिन गोरखा गएर फूलपाती ल्याई भित्र्याइने उहाँको भनाइ छ ।

पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै आएको पटिहानीको धार्मिक क्षेत्र छितामाईमा गएको वर्षदेखि स्थानीय पटिहानी उपभोक्ता समिति, बेलसर मध्यवर्ती सामुदायिक वन र थारू कल्याणकारिणीसभा क्षेत्र नं ५ को आयोजनामा फूलपाती भित्र्याउन थालिएको हो ।

गोरखाबाट दुर्गा माताका लागि दिन मिल्ने अदुवाको बोट, आँप, चाँप, अशोक, धानको बाला, बेल, कमलको फूललगायत सामग्री ल्याएर बाजागाजा, सांस्कृतिक झाँकी र पञ्चकन्याको लस्करसहित फूलपाती भित्र्याइने आयोजक समितिका संयोजक शंकर महत्तोले जानकारी दिनुभयो ।

नेपालमा गोरखाबाट जीवनपुर हुँदै काठमाडौँको हनुमानढोकामा फूलपाती भित्र्याउने चलन रहिआएको छ । धार्मिक चलनलाई यथावत् राख्न र धार्मिक पर्यटन क्षेत्रको विकासका लागि चितवनमा पनि फूलपाती भित्र्याउन थालिएको हो ।

नेपालमा मल्लकालीन समयदेखि फूलपाती भित्र्याउने चलन छ । गोरखाबाट यसरी फूलपाती भित्र्याउने कार्यक्रम काठमाडौँ पछिको चितवन पहिलो भएको दाबी आयोजकको छ ।

यसैबीच फूलपातीको दिनदेखि यहाँ दशैँ सांस्कृतिक मेलासमेत आयोजना गर्न लागिएको प्रचार संयोजक घिमिरेले जानकारी दिनुभयो । थारूको संस्कृतिको जगेर्नाका लागि पनि विशेष सांस्कृतिक कार्यक्रम हुने जनाइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter