सरकार र चिकित्सक संघबीच चार बुँदे सहमति, ८ दिनपछि अस्पताल खुले

doctorकाठमाडौं / असोज १३ गते । मुलुकभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पार्दै आन्दोलनमा रहेका नेपाल चिकित्सक संघ र सरकारबीच चार बुँदे सहमति भएको छ । संयुक्त राष्ट्रको महासभामा सहभागी भएर प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएको भोली पल्ट आजै बालुवाटारमा भएको वार्तामा स्वास्थ्य मन्त्रालय र संघबीच चार बुँदे सम्झौता भएको हो । यसअघि भएका पटकपटकका वार्तामा स्वास्थ्य मन्त्रालयले प्रधानमन्त्री देउवाको स्वदेश फिर्तालाई सहमतिको बटमलाईन बनाउदै आएको थियो भने चिकित्सक संघले लिखित प्रतिबद्धता माग्दै आएको थियो ।

प्रधानमन्त्री देउवाको उपस्थितिमा भएको वार्तामा सरकारले संघको माग अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधन गर्ने प्रतिवद्धता जनाएको संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले बताउनुभयो । सरकार र संघबीच सहमति भएसँगै चिकित्सक संघले आठ दिन लामो आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिई आजैबाट काममा फर्कने प्रतिबद्धता जनाएको छ ।

संघको आन्दोलनका कारण गत असोज ६ गतेदेखि मुलुकभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा सञ्चालन हुन सकेका थिएनन् । सम्झौता पक्षमा मन्त्रालयका सचिव डा. किरण रेग्मी र संघका अध्यक्ष श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ । चिकित्सक तथा अस्पतालविरुद्ध आक्रमण तथा दुव्र्यबहार गर्ने माथि कारबाही गर्ने गरी ऐन संशोधन गर्न सरकारले सहमति जनाएको संघद्धारा जारी विज्ञप्तिमा उल्लेछ छ । त्यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र सो सम्बन्धमा बनेको नियमावली २०६९ लाई परिमार्जन गरिने सहमति दुई पक्षबीच भएको छ । सम्झौता कार्यान्वयनका लागि संघको सहभागितामा तीन दिन भित्र समिति गठन गरी प्रक्रिया अघि बढाइने संघले जनाएको छ । यसअघि संघ र मन्त्रालयबीच पटक–पटक भएको वार्तामा सहमति नहुँदा दशैको मुखैमा बिरामीले सास्ती बेहोर्नु परेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter