• Thursday, May 29, 2025

आकर्षण बन्यो ‘पैँचो पसल’

fair_prices_shopsपाल्पा, असोज २२ गते । स्थानीय उत्पादनलाई बजारमा प्रर्वद्धन गर्ने लक्ष्यका साथ पाल्पामा ‘पैँचो पसल’ सञ्चालनमा ल्याइएको छ ।

अर्गानिक उत्पादन र अन्य पसलमा भन्दा सस्तोमा पाउन थालेपछि उपभोक्ताको यो पसलप्रति आकर्षण बढेको हो । डेढवर्ष अघि गुल्मीको बलेटक्सारबाट सञ्चालनमा आएको पैँचो पसलले पाल्पाको तानसेनमा शाखा स्थापना गरेपछि स्थानीय उत्पादनले बजार पाउन थालेका छन् ।

ग्रामीण क्षेत्रमा उत्पादित वस्तु बजारसम्म पु¥याउने र उपयुक्त मूल्यमा बिक्री गर्ने उद्देश्यले स्थापित पँैचो पसलको यो नवौं शाखा हो । पाल्पा जिल्ला सदरमुकाम तानसेनस्थित विशाल बजारबाट पसलले सेवा दिँदै आएको छ ।

स्थानीय उत्पादन सस्तो र सुपथ मूल्यमा पाउन थालेपछि यसप्रति उपभोक्ताको रुचि बढेको हो । पँैचो पसल राजधानी काठमाडौँ, पोखरा, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर, नारायणगढ, हेटौँडा, भैरहवा, बुटवलमा सञ्चालनमा रहेका छन् । हालसम्म दुई सय भन्दा बढी युवालाई यो संस्थाले रोजगार दिलाएको प्रबन्ध निर्देशक धु्रवराज न्यौपानेले बताउनुभयो ।

ग्रामीण क्षेत्रमा उत्पादित मकै, कोदो, फापर, जौ, टिमुर, स्थानीय जातका सिमी, बोडी, गुन्द्रुकलगायतका अन्नले सहज रुपमा बजार पाएको र र प्रालिका सबै उत्पादन स्वस्थकर रहेको निर्देशक न्यौपानेले बताउनुभयो ।

पैँचो पसलले शहरमा बसोवास गर्दैआएका उपभोक्तालाई गाउँघरको शुद्ध उत्पादन खुवाउन सफल भएको छ । गुल्मी, पाल्पा, जुम्ला, रुकुम, कालीकोट, रोल्पा र अर्घाखाँची लगायतका देशका पचास स्थानमा स्थानीय जातका अन्नबाली तथा जडीबुटी संकलन गरेर बजारसम्म पु¥याउन यो संस्था सफल भएको बताइएको छ ।

प्रालिले आगामी दिनमा सेवा विस्तार गर्दै बागलुङ, पर्वत, स्याङ्जा लगायतका जिल्लाका किसानहरुसँग समेत पैंचोको परियोजना पु¥याउने लक्ष्य राखेको छ । राष्ट्रिय युवा प्रतिभा पुरस्कार पाउन सफल यो संस्थाले गुल्मीको रिडीमा पैँचो प्रशोधन उद्योग स्थापना गरेको छ ।

हाते प्रविधि प्रयोग गरेर अचार, चुक, दाल लगायतका खाद्य वस्तुको परीक्षण उत्पादन गरी बुटवलमा बिक्री गर्दै आएको पैंचो पसलले गत वैशाखदेखि अत्याधुनिक प्रशोधन कारखाना सञ्चालन गरी २७ प्रकारका खाद्य वस्तु उत्पादन गर्दै आएको प्रालिका अध्यक्ष दुर्गाराज भण्डारीले बताउनुभयो ।

पसलमा खाद्यवस्तु, तरकारी, फलफूल, फेन्सी कपडा समेत पाइने व्यवस्था मिलाइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter