• Thursday, May 29, 2025

कर्णालीले देशको अर्थतन्त्र मजबुत पार्ने क्षमता राख्दछ : राष्ट्रपति

President Visitजुम्ला, असोज २५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णालीसँग देशको अर्थतन्त्र बलियो बनाउने क्षमता रहेको बताउनुभएको छ ।

चन्दननाथ नमूना माध्यमिक विद्यालय खलंगाको नवनिर्मित विज्ञान प्रयोगशालाको भवन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले कर्णाली अथाह सम्भावना र प्राकृतिक सम्पदाले भरिपूर्ण क्षेत्र भएको औँैल्याउनुभयो । “कर्णाली क्षेत्र भाषा, संस्कृति, कलाको ऐतिहासिक भूमि हो नै, त्यसको अलवा दुर्लभ वनस्पति तथा वन्यजन्तु र बहुमूल्य वस्तु प्राप्त हुने मूल स्रोत पनि हो,” उहाँले भन्नुभयो ।

यति हुँदा पनि यस क्षेत्रको आर्थिक तथा सामाजिक विकास हुन नसक्दा यहाँका नागरिकले सहज जीवनयापन गर्न नसकेकोप्रति राष्ट्रपति भण्डारीले सहानुभूति प्रकट गर्नुभयो । उहाँले अगाडि भन्नुभयो, “कर्णालीको सुखी र समृद्धिले मात्र देशको मुहारमा आमूल परिवर्तन ल्याउन सहयोग पुग्छ । तसर्थ मुलुकको समग्र विकासको मार्गचित्र तयार गर्नु सबैको कर्तव्य हो ।”

जलवायु परिवर्तनलाई ध्यानमा राखेर यो क्षेत्रको विकासका लागि राज्य कर्णाली केन्द्रित हुनुपर्ने उहाँको धारणा थियो । सदियौँदेखि उत्पीडित क्षेत्र, वर्गलाई राज्यको मूल प्रवाह ल्याउन अधिकतम प्रयास भइरहेको जनाउँदै विकासमा कर्णालीलाई उच्च प्राथमिकतामा राखिएको उहाँको भनाइ थियो । पछिल्लो समयमा लोकतन्त्रले विकासमा सम्भावनाको ढोका खोलेको उहाँको प्रतिक्रिया थियो ।

विशेषगरी सरकारी सामुदायिक विद्यालयले मुलुक विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उहाँले ज्ञान–विज्ञानसँग जोडिएको प्रयोगशाला सञ्चालन सफलताको कामना गर्नुभएको थियो । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बलबहादुर महतले शिक्षा क्षेत्रमा कर्णाली अहिले पनि पछि परेको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “शिक्षा युगीन आवश्यकता हो, तर पनि कर्णालीमा २१औँ शताब्दीमा विज्ञान संकाय सहजै सञ्चालन गर्न नसक्नुले शिक्षामा नेपाल पछि छ भन्ने प्रस्टिन्छ ।” साथै राज्यमन्त्री महतले मृत्यु मार्गको उपमा पाइरहेको कर्णाली राजमार्गको स्तरवृद्धिमा विशेष नजर दिन राष्ट्रपतिलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा चन्दननाथका नमूना माविका प्रधानाध्यापक टंकबहादुर महतले उपेक्षित जीवनस्तरमा बाँचेको कर्णाली भूमिमा नेपालकै पहिलो महिला राष्ट्रपतिको आगमनले विकटतालाई निकटतामा परिणत गरेको बताउनुभयो । उहाँले कर्णाली प्रदेशको भौगोलिक केन्द्रमा पर्ने यस भूमिलाई राष्ट्रप्रमुखका हैसियतले न्याय दिलाउन आग्रह गर्नुभयो ।

राष्ट्रपति भण्डारीले हिमाली क्षेत्रमा स्थापित उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान (मारी) र त्यसअन्तर्गत गुठीचौर भेडाबाख्रा अनुसन्धान, वागवानी विकास अनुसन्धान र कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लाले हालसम्म गरेका गतिविधिबारे आयोजित प्रदर्शनी अवलोकन गर्नुभएको थियो । जुम्लामा राष्ट्रपति भण्डारीले चन्दननाथ तथा भैरवनाथ बाबाको दर्शनका साथै पूजाआजा पनि गर्नुभएको थियो ।

चन्दननाथ नमूना मावि खलंगा जुम्लाका अध्यक्ष कृष्णबहादुर रोकायाको अध्यक्षतामा भएको सो कार्यक्रममा राष्ट्रपति कार्यालयका सहसचिव पुष्कर सापकोटा, क्षेत्रीय प्रशासक महेन्द्रप्रसाद गुरागाईं, प्रहरी अतिरिक्त महानिरीक्षक रणबहादुर चन्द, नेपाली सेना २४ नं कर्णाली वाहिनीका सहायक रथी सरोजप्रताप राणासहित कार्यालय प्रमुखको उपस्थिति रहेको थियो ।

राष्ट्रपति भण्डारी जुम्लाबाट आजै दीपायलतर्फ प्रस्थान गर्नु भएको छ । बिहान १०ः१५ मा जुम्ला आइपुग्नुभएकी राष्ट्रपति भण्डारीले जुम्लामा झण्डै दुई घण्टा समय व्यतित गर्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter