फूल खेतीप्रति उत्साह भएन

flowerचितवन, कात्तिक १ गते । बाली नहुने सुख्खा बलौटे जमिनमा सयपत्री फूल लगाएर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् चितवनका किसान ।

भरतपुर महानगरापालिका वडा नं. ७ प्रेम बस्तीको सुख्खा बलौटे बारीमा वर्षौंदेखि खेती हुन छाडेको थियो । एक दशक अगाडि तोरी, तिल, फापरलगायतका बाली हुने त्यस क्षेत्रमा केही वर्षदेखि हुन छाडेपछि हैरान भएका थिए । अन्न बाली नभएर चिन्तामा रहेकाहरू मिलेर नमुनाका रूपमा सयपत्री खेती गर्न थालेका छन् । गएको दुई वर्षदेखि सयपत्री खेती गर्न थालेपछि यसबाट राम्रो आम्दानी हुन थालेको उनीहरूले बताएका छन् ।

अन्न बाली नहुनेहरू मिलेर एउटा समूह दर्ता गरी सयपत्री खेती गरेका हुन् । सयपत्री फूल खेती समूह दर्ता गरी खेती गर्न थालेको समूहका अध्यक्ष ईश्वरकुमार श्रेष्ठले बताउनुभयो । यो सुख्खा डाँडामा खेती हुन छाडेको धेरै भयो लगानी गरेर तोरी, तिल लगायो ज्याला खर्चसमेत नउठ्ने त्यही भएर फूल खेती गरेका हौँ । हामी गाउँले मिलेर समूह बनाएका छौँ त्यही समूहबाट जग्गा भाडामा लिएर सयपत्री लगाएका हौँ, उहाँले भन्नुभयो, अहिले यसबाट राम्रो आम्दानी हुन थालेको छ ।

विभिन्न सार्वजनिक कार्यक्रम हुने, पसलमा सजाउन, चाडपर्वमा माला स्वागतलगायतका काममा सयपत्रीको माग धेरै हुन थालेपछि यसको खेती गर्नुपर्छ भनेर सोच बनाएको हो । यहाँका गाउँमा सबैलाई पहिला आफ्नो करेसाबारीमा फूल लगाएर बेर्ना हुर्काउन लगायौँ त्यसपछि ठूलो क्षेत्रफलमा खेती गरिएको हो, उहाँले भन्नुभयो । सबै मिलेर अहिले तत्कालका लागि ३० कट्ठामा खेती गरेका छौँ । यसमा लगाएको फूलको उत्पादनले मागलाई पु¥याउन सकेका छैनौँ उहाँले भन्नुभयो, तिहार आएको छ यसमा अझ माग बढेर जान्छ ।

यो तिहारमा ३० हजार माला बिक्री गर्ने तयारीमा छौँ, उहाँले भन्नुभयो, त्यसका लागि तयारी अवस्थामा छौँ । सुनचाँदी पसलमा अझ धेरै सयपत्रीको मालाको माग भएको छ । फूल खेती गरेका छौँ ३० कट्ठामा, माग आउँछ ३० बिघामा लगाएको भन्दा धेरै । सुन्तला रङ्गको सयपत्रीको माग धेरै भएकाले त्यही खेती गरेका छौँ, उहाँले भन्नुभयो । एउटा मालाको ७० रुपियाँमा बिक्री गर्दै आउनुभएका श्रेष्ठले पसल, घर, स्टेज कार्यक्रम सजाउने कार्य पनि गर्दै आउनुभएको छ ।

समूहबाट नै फूल बिक्री गरी आम्दानी बाँड्दै आएका उनीहरूले माग बढेकाले छिट्टै नै थप जग्गा भाडामा लिएर खेती विस्तार गर्ने तयारीमा रहेका छन् । हरेक चार महिना मात्र एउटा फूलको आयु हुने भएकाले त्यसपछि अर्को फूल उत्पादनका लागि जग्गा आवश्यक पर्दछ । १२ महिना फूल बिक्री गर्नका लागि धेरै स्थानमा खेती लगाउनु आवश्यक रहेको उहाँले बताउनुभयो ।

व्यावसायिक रूपमा सयपत्री फूलको खेती गर्ने किसानको एउटा समूहभन्दा बाहेक जिल्ला अन्य नभएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । प्रेम बस्तीको समूहभन्दा बाहेक अन्य किसान छैनन्, कृषि विकास कार्यालयका बागवानी अधिकृत धनबहादुर थापाले भन्नुभयो । यो खेतीबाट राम्रो आम्दानी हुन्छ भन्ने छ तर पनि खेती गर्नेको सङ्ख्या छैन । फूल खेती गर्नका लागि प्रोत्साहनस्वरूप कार्यालयले केही वर्ष अगाडि पाँच लाख रुपियाँ बजेट छुट्याएको थियो त्योभन्दा बाहेक अरू आर्थिक सहयोग नभएको बताउनुभयो ।

खेती गर्न चाहनेहरूका लागि हामी परामर्श दिन्छौँ अनुदान तथा अन्य आर्थिक सहयोग हुन सक्दैन ।

पुष्प व्यवसायी सङ्घ जिल्ला अध्यक्ष प्रकाश पन्तका अनुसार यो वर्ष तिहार चाँडै परेकाले फूलको माग अझ बढेर जानेछ । करेसाबारीमा लगाएको फूल फुल्ने समय आइसकेको छैन त्यही भएर यस वर्ष माग बढ्ने सम्भावना भएको हो । ४० लाखभन्दा धेरै रुपियाँको मालाको खपत जिल्लाले गर्ने उहाँले बताउनुभयो । यो सबै माला भारतबाट आउने गर्दछ । खेर गइरहेका जग्गामा फूल लगाउने बानी बसाले मात्रै पनि आफ्नो परिवारमा पुगेर केही माला बिक्री गर्न सकिने हुन्छ, उहाँले भन्नुभयो, फूल लगाउने बानी नभएका कारण भारतको भर पर्नु परेको पन्तले बताउनुभयो ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*
Advertise Section 7

TOP NEWSview all

Even though it’s late, victims will get something from the commission: Subedi

Cecil and Harambe; a lesson for Himalayan Republic

Trip Down under

We want real conversion of our students beyond religion: Fr. Boniface Tigga, Regional Superior of Nepal Jesuit Society

I am inspired by the kindness, decency and warmth of the people of Nepal: DeLisi