प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु

Election Commissionकाठमाडौँ, कात्तिक १० गते । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आयोगले तयार पारेर कार्यान्वयनमा ल्याएको तालिकानुसार प्रत्यक्षतर्फको मतपत्र छपाइ शुरु भएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले यहाँ आज आयोजना गरेको अन्तरक्रियामा उहाँले भन्नुभयो, “पहिलो चरणमा हुने समानुपातिकतर्फको मतपत्र छापेर सकिएको छ, प्रत्यक्षतर्फको मतपत्र छपाइ आजबाट शुरु भयो ।”

डा यादवले मतपत्र सम्बन्धित विज्ञसँग छलफल गरेर तयार पारिएको स्पष्ट गर्नुुभयो । उहाँले भन्नुभयो, “प्रत्यक्ष र समानुपातिकको आधारमा दुई मतपत्र हुन्छ, प्रत्यक्षमा पहिलो ‘क’ खण्डमा प्रदेशसभा र ‘ख’ खण्डमा प्रतिनिधिसभा हुन्छ ।”

डा आयुक्तले राजनीतिक दल र सुरक्षा निकायबाट निर्वाह भएको भूमिका सरहानीय रहेको उल्लेख गर्दै मंसिर १० र २१ गते हुने निर्वाचनका लागि उच्चस्तरको सुरक्षा प्रबन्ध भएको विश्वास दिलाउनुभयो ।

उहाँले निर्वाचनसम्बन्धी अदालतको आदेश अहिलेसम्म आयोगले प्राप्त गरेको छैन भन्दै मतपत्र छपाइ नरोकिने र निर्वाचन निर्धारित समयमै हुने स्पष्ट पार्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter