• Friday, April 11, 2025

हिउँदको विद्युत व्यवस्थापनका लागि भारतबाट थप ५ मेगावाट विद्युत ल्याइने

hydropowerकाठमाडौँ, कात्तिक १० गते । नेपाल विद्युत प्राधिकरणले आगामी हिउँदको विद्युत माग व्यवस्थापनका लागि टनकपुर नाकाबाट थप पाँच मेगावाट विद्युत आयात गर्ने भएको छ । सोसम्बन्धी सम्झौतामा भारतको नयाँ दिल्लीमा आज भएको द्विपक्षीय सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतका तर्फबाट अरुणकुमार गार्गले हस्ताक्षर गर्नुभएको छ ।

गत वर्ष सोही नाकाबाट प्राधिकरणले ३५ मेगावाट विद्युत् आयात गरेको थियो । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार आज भएको सम्झौता यही कात्तिक १५ गतेबाट लागू भई आगामी जेठमा सकिनेछ ।

यो पुरानै सम्झौताको नवीकरण भएको भन्दै उहाँले सम्झौताअनुसार प्राधिकरणले पिटिसीसँग प्रतियुनिट भारु ३ रुपैयाँ ४४ पैसामा विद्युत खरिद हुने जानकारी दिनुभयो । टनकपुर नाकाबाट ४० मेगावाटसम्म विद्युत आयात हुँदा सुक्खा याममा सुदूरपश्चिमको माग व्यवस्थापन गर्न सहज हुने प्राधिकरणले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter