आचारसहिंता पालना गर्न÷गराउन सबै लाग्नुपर्ने; स्थायी शान्ति र समृद्धिका आधार निर्माण गर्नुपर्नेमा जोड

Merger of Commuist Parties

ललितपुर, कात्तिक १३ गते । राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, कर्मचारी, पत्रकारलगायतले निर्वाचनको समयमा आचारसहिंताको पालना गर्न गराउन सबै लाग्नुपर्नेमा जोड दिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय ललितपुरले आज यहाँ आयोजना गरेको कार्यक्रममा ललितपुरका मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले आचारसहिंताको उल्लंघन हुँदा आयोगले गरेको व्यवस्थाअनुसार कारबाही हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सामान्य जरिवानादेखि उम्मेदवारी रद्दसम्मको व्यवस्था छ, हामी त्यसलाई कार्यन्वयन गराउँछौं ।” पूर्वाग्रही भएर उजुरी नगर्न उहाँले दलहरुलाई आग्रह समेत गर्नुभएको छ ।

प्रमुख जिल्ला अधिकारी महादेव अधिकारीले सवारी साधनको गलत प्रयोग हुँदा तुरुन्त खबर गर्दा प्रशासनलाई कारबाही गर्न सजिलो हुने बताउनुभयो ।

नेपाली काँग्रेसका जिल्ला सचिव भीमसेन घिमिरेले निर्वाचनकै दिनसमेत दलका प्रतिनिधिको उपस्थितिमा परिचयपत्र दिनुपर्ने आवश्यकता औंलाउनुभयो ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख सीता साङ्वाले निर्वाचनको दिनमा केन्द्र व्यवस्थापन गर्नुपर्ने हुँदा कर्मचारीले परिचयपत्र बाँड्न नभ्याउने बताउनुभयो ।

जिल्ला निर्वाचन कार्यालयले आसन्न निर्वाचनलाई व्यवस्थित बनाउनका लागि विभिन्न सरोकार राख्ने निकायका प्रतिनिधिसँग छलफल थालेको छ । स्थानीय निकायको निर्वाचनमा भन्दा अहिले झण्डै एक हजार ५०० मतदाता थप भएको कार्यालयले बताएको छ ।

स्थायी शान्ति र समृद्धिका आधार निर्माण गर्नुपर्नेमा जोड

आगामी मंसिरमा हुने दुवै तहका चुनाव सम्पन्न भएपछि स्थायी शान्ति र समृद्धिका आधार निर्माण गर्नुपर्नेमा जोड दिइएको छ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले आज आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताहरुले मुलुकमा संविधान कार्यान्वयनसँगै दण्डहीनताको अन्त्य तथा विधिको शासन प्रभावकारीरुपमा कार्यान्वयन गरी देश र जनतालाई समृद्ध बनाउन सकिने औँल्याउनुभयो ।

त्रिविका शिक्षाध्यक्ष डा सुधा त्रिपाठीले अब देशमा कस्तो जनशक्ति उत्पादन गर्ने हो त्यसैका आधारमा सीपमूलक, व्यावसायिक शिक्षाको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

त्रिवि मानविकी संकायका डिन प्रा डा शिवलाल भुसालले विदेशीले विभिन्न स्वार्थ र आशयबाट गरिएका मुलुकलाई गरेका सहयोगलाई बन्द गरी पूर्वाधार निर्माण तथा संरचनागत विकासमा स्थानीय तहलाई सहभागी गराउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका संयोजक प्रा डा हेमराज सुवेदीले सामाजिक न्याय र वितरण प्रणालीमा सन्तुलन नहुँदा मुलुकमा भ्रष्टाचार बढ्दै गएको त्यसलाई न्यूनीकरण नगरी विकास सम्भव नरहेको विचार व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा नरबहादुर थापाले शान्ति निर्माणमा आर्थिक नीतिको भूमिका, डा खड्ग केसीले वैदेशिक नीति र प्रा विन्दु पोखरेलले नेपालमा द्वन्द्वपछिको शान्ति प्रक्रियामा महिलाको सहभागिता विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter