निर्वाचनको सुरक्षाका लागि सरोकारवाला पनि जिम्मेवार हुनुपर्छ ः आयुक्त पौडेल

Election Commissionधनगढी, मंसिर १५ गते । निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचनको सुरक्षाका लागि सरोकारवालाले पनि सक्दो सहयोग हुनुपर्ने बताउनुभएको छ ।

यहाँ आज आयोजित सुरक्षा निकाय, राजनीतिक दलका प्रतिनिधि निर्वाचन अधिकृतलगायतको सहभागितामा भएको छलफल कार्यक्रममा आयुक्त पौडेलले आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले कारबाही गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले निर्वाचनका समयमा गरिएको सुरक्षा व्यवस्थापनका बारेमा प्रकाश पार्नुभयो ।

आयुक्त पौडेलले निर्वाचनको तयारीमा भएको प्रगति, देखिएका चुनौती र समाधानका उपाय, सुरक्षा व्यवस्थापनलगायतका विषयमा जानकारी लिनुभएको छ । दोस्रो चरणको निर्वाचनका लागि कैलाली जिल्लामा कर्मचारी खटनपटनको काम पूरा भएको छ ।

निर्वाचनमा खटिई जाने कर्मचारी मंसिर १८ गतेसम्म जिल्लाको सबै मतदानस्थलमा निर्वाचन सामग्रीसहित पुगीसक्ने निर्वाचन कार्यालयका प्रमुख मोहनप्रसाद आर्यालले बताउनुभयो ।

प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा २३१ मतदानस्थल रहेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter