‘निर्वाचन शान्तिपूर्ण हुन्छ, ढुक्क रहनुस्’: प्रमुख आयुक्त यादव

Election Commissionमंसिर १७, २०७४-प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दोस्रो चरणको निर्वाचन पनि शान्तिपूर्ण रुपमा सम्पन्न हुनेमा विश्वस्त रहन आग्रह गरेका छन् । देशका विभिन्न भागमा निर्वाचनलाई विरोध गर्दै विस्फोटका घटनाहरु गराइका बेला उनले सुरक्षा व्यवस्था सुदृढ रहेको बताए ।

‘निर्वाचन आयोग सरकारले तायर पारेको सुरक्षा योजनाप्रति पूर्ण विश्वस्त छ,’आइतबार पत्रकार सम्मेलनमा उनले भने ‘सरकारले राम्रो सुरक्षा व्यवस्था मिलाएको छ ।’ उनले धेरै अप्ठ्याराकाबीच पहिलो चरणको निर्वाचन शान्तिपूर्ण भएको उल्लेख गर्दै दोस्रो चरणका लागि पनि ढुक्क रहन आग्रह गरे । उनले आममतदाता र राजनीतिक दलहरुको सहयोगले पहिलो चरणको निर्वाचन उत्साजहजनक र शान्तिपूर्ण भएको भन्दै दोस्रो चरणमा पनि त्यस्तै अपेक्षा रहेको बताए । उनले आममतदाता सुरक्षित रहेको र मतदान शान्तिपूर्ण हुनेमा आयोग ढुक्क रहेको जनाए ।

उनले निर्वाचन आचारसंहिताको पालना विगतको भन्दा राम्रो रहेको दाबी समेत गरे । पछिल्लो समय आचारसंहिताप्रति दलहरु पनि सजग रहेको पाइएको उनले उल्लेख गर्दै उल्लंघन गरिएका स्थानमा आयोगले ध्यानाकर्षण गरेको र कारबाही समेत गरेको बताए । ‘जिल्ला जिल्लमा मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीले तुल ब्यानर हटाउन लगाएका छन्,’ उनले भने ‘सोमबार मध्यरातिदेखि मौन अवधि सुरु हुने भएकाले उम्मेदवारहरुले स्वयं आफ्ना तुल, ब्यानर र पोस्टर हटाउनुपर्छ ।’

उनले मौन अवधिमा कुनै प्रकारको प्रचार प्रसार नगर्न र मतदातालाई किनबेचको साधन नबनाउन समेत आग्रह गरे । ‘मतदाता सजग र सतर्क छन्, मतदाताको अवमूल्यन कोही कसैले नगरौं,’ उनले भने ‘मौन अवधिमा मतदातालाई प्रभाव पार्ने कसैबाट कुनै प्रकारको काम नहोस् ।’ उनले स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न भएको निर्वाचन नै आचारसंहिता पालनाको प्रमुख इण्डिकेटर रहेको बताए ।

अपर्याप्त समयका कारण मतदाता शिक्षा कम भएको देखिए पनि त्यसका लागि अधिकतम प्रयास गरिएको भन्दै उनले ५ प्रतिशतभन्दा कम मात्र बदर मत हुने आयोगले विश्वास लिएको बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter