पुनःनिर्माण प्राधिकरणले दियो नयाँ प्राविधिकहरुलाई निर्देशन

Reconstruction Womenकाठमाण्डौ , मंसिर १७ गते । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पक्षपातरहित ढंगले पुनर्निर्माणको काममा सहभागी हुन प्राविधिकहरुलाई निर्देशन दिएको छ । आइतबार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले सो निर्देशन दिएका हुन् ।

कार्यकारी अधिकृत भुसालले मानवीय सेवामा कही कतै पनि भेदभाव हुन नहुनेतर्फ प्राविधिकहरुलाई सचेत समेत गराए । भूकम्प प्रभावित ३१ जिल्लाका लागि करारमा नियुक्त गरिएका २ सय ८२ जना इन्जिनियर र ४ सय जना सव इन्जिनियरहरुको तालिम समापन कार्यक्रममा बोल्दै उनले सम्बन्धित स्थानीय तहमा समन्वय गरेर काम गर्ने कार्यादेश रहेको पनि स्मरण गराए ।

भुसालले जनताको माझमा रहेर पुनःनिर्माणको कामलाई अघि नबढाए प्राविधिकहरुमाथि सामन्तको जस्तो व्यवहार गरेको आरोप लाग्नेतर्फ पनि सचेत गर ।

प्राधिकरणले ६ महिनाका लागि करारमा नियुक्त गरी इन्जिनियर, सव इन्जिनियरहरुको टोलीलाई आईतबारदेखि पुनर्निर्माणको काममा खटाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter