स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको सुनिश्चितता गर्न आग्रह

NHRCकाठमाडौँ, मंसिर १७ गते । राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सुरक्षा व्यवस्थालई प्रभावकारी तुल्याई निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणको सुनिश्चितता गर्न सरकारलाई आग्रह गरेको छ ।

आयोगका सचिव वेदप्रसाद भट्टराईले प्रेस विज्ञप्ति जारी निर्वाचनलाई शान्तिपूर्ण, भयरहित वातावरणमा निर्वाचित हुन पाउने र जनप्रतिनिधि छान्न पाउने नागरिकको नैसर्गिक अधिकारको सम्मान गर्न सम्बन्धित सबै पक्ष र नेपाल सरकारको ध्यानाकर्षण गराएको हो ।

निर्वाचनका क्रममा उम्मेदवारसहित सर्वसाधारणसमेत घाइते हुनेगरी भएका यस्ता अमानवीय घटनाप्रति आयोग भत्र्सना गर्दै गहिरो दुःख व्यक्त गरी बम आक्रमणका घटनामा वृद्धि हुँदै जाँदासमेत वास्तविक दोषी पहिचान हुन नसक्नुले निर्वाचन सुरक्षामा गम्भीर चुनौती खडा भएको देखिएको उल्लेख छ ।

आयोगले घटनाका दोषी पहिचान गरी कानूनी दायरामा ल्याउन, निर्दोष व्यक्तिलाई कुनै पनि आस्थाका आधारमा जथाभावी धरपकड नगर्न र घाइते व्यक्तिको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ ।

निर्वाचनकै सन्दर्भमा व्यक्तिको पूर्वराजनीतिक आस्था तथा आशंकाका आधारमा भइरहेको धरपकड, गैरकानूनी थुना तथा यातनाको विषयप्रति जवाफदेहितापूर्ण कार्य गर्नसमेत आयोगले आग्रह गरेको छ ।

निर्वाचन प्रचारप्रसारमा क्रममा तेह्रथुम, स्याङ्जा, सर्लाही, पाल्पा, डडेल्धुरा, कैलाली जिल्लालगायत राजधानीमै उम्मेदवार तथा दलका चुनावी कार्यक्रमलाई लक्षित गरी बम आक्रमण भई उम्मेदवार तथा दर्जनौँ सर्वसाधारण व्यक्ति घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ । बम विष्फोटबाट घाइते भएकाको अवस्था बुझ्न आयोगको टोली परिचालन गरेको छ ।

आयोगले यी घटनाबाट मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध १९६६ लगायतका नेपाल पक्ष भएका मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, नेपालको संविधानलगायतका कानून तथा शान्तिपूर्ण र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगबाट दिइएको निर्देशनसमेत प्रभावकारीरुपमा कार्यान्वयन हुन नसकेको जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter