ज्येष्ठ नागरिक सम्मानित

elderly people Nepalपोखरा, मंसिर १९ गते । बरेली पौडेल वंशावली अनुसन्धान, उत्थान तथा कूलपूजा व्यवस्थापन समितिले कूलपूजाका अवसरमा कूलमा ८० वर्षभन्दा माथि उमेर पुगेका १२ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

पोखरा लेखनाथ महानगरपालिका– ३३ भरतपोखरी खुर्वादीस्थित कूलायन मन्दिरमा सोमबार आयोजित कार्यक्रममा हरिकला, टीकाराम, चन्द्रकला, जीवनाथ, तिलकराम, रुद्रलाल, पवित्रादेवी, जगन्नाथ, मनमाया, हरिकला, लीलावती र सोमनाथ पौडेललाई समितिका अध्यक्ष गुरुप्रसाद पौडेलले दोसल्ला ओढाएर सम्मान गर्दै ८० वर्ष उमेर काटेका नागरिक सबैका लागि प्रेरणाको स्रोत भएको र उहाँहरूको अनुभव तथा भोगाइ पछिल्ला पुस्ताका लागि निकै महत्वपूर्ण तथा अनुकरणीय हुने बताउनुभयो ।

कार्यक्रममा समितिका सचिव राजुप्रसाद पौडेल, कोषाध्यक्ष रामनाथ पौडेल, अर्थ संकलन उपसमितिका संयोजक किरण पौडेललगायतले देश तथा विदेशमा छरिएका बरेली पौडेलले प्रत्येक समाजमा नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउँदै आफ्नो इतिहास र गौरवलाई भावी पुस्ताले पनि अनुकरण गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

महानगरपालिका– ३३ भरतपोखरीस्थित बरमा मूल बसोवास भएका बरेली पौडेल नेपालभित्र कास्कीका बाघमारा, भण्ढारढिक, सिसुवा, मझेरी पाटन, ड्यामसाइड, बैदाम, गगनगांैडा, लामेआहाल, धारीखोला र तालबेँसी, तनहुँका दुलेगांैडा र ढोरफिर्दी, नवलपरासीका दुम्कौली र रजहर, बर्दिया, काठमाडाँैं, सप्तरीलगायतका स्थान र विदेशका भारत, बेलायत, अष्टे«ेलिया, जापान, स्पेन, अमेरिकालगायत स्थानमा स्थायी एवं अस्थायी बसोवास गर्दै आएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter